• ६ चैत २०८०, मङ्गलबार

सेनाद्वारा खोचमा खसेका व्यक्तिको उद्धार

blog

काठमाडौं, असोज २ गते । नुहाउने क्रममा चिप्लिएर करिब २०० मिटर तल खोचमा खस्नुभएका दोलखा कालिन्चोकका केशव सिवाकोटीको आइतबार नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।

दोलखा जिल्ला, कालिन्चोक गाउँपालिका, वडा नं ३ स्थायी घर भई हाल सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाउँपालिका, वडा नं १ स्थित सर्कथली आधारभूत विद्यालयमा कार्यरत ३७ वर्षीय शिक्षक सिवाकोटी शनिबार स्थानीय छ्यादी खोलामा नुहाउने क्रममा चिप्लिएर खोचमा खस्नुभएको थियो ।


सिवाकोटीलाई स्थानीयले देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए । सोही खबरको आधारमा आइतबार नेपाली सेनाको ‘सीक्युआरटी’ टिम हेलिकप्टरमा गई सकुशल उद्धार गरेको हो । सिवाकोटीको अवस्था सामान्य रहेको पनि सेनाले जनाएको छ ।