धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्ने बढ्दै


काठमाडौं, जेठ १३ गते । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १५ लाख ५५ हजार ५५५ रुपियाँ सहयोग गरेको छ ।
राजधानीमा पत्रकार सम्मेलन गर्दै सिटी एक्सप्रेसले फाउण्डेशनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । वैदेशीक रोजगारमा रहेका नेपालीको कमाई सुरक्षित रुपमा परिवार र आफन्तसम्म ल्याउने काम गरिरहेको सिटी एक्सप्रेसले सामाजिक

सहयोग स्वरुप सो रकम फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ९धर्मुस० र कोषाध्यक्ष कुञ्जना घिमिरे ९सुन्तली० लाई प्रदान गरेको छ ।
एक जोडी कलाकारले उदाहरणीय काम गरिरहेकाले उनीहरुलाई थप आँट र हौसला स्वरुप संस्थागत रुपमा सिटी एक्सप्रेसले आर्थिक सहयोग गरेको संस्थाका प्रवन्ध निर्देशक चन्द्र टण्डनले बताउनु भएको  छ ।
सहयोग रकम बुझ्दै फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले सिटी एक्सप्रेसले हालसम्मकै उच्च आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै गिरान्चौरलाई नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । संस्थागत रुपमा सहयोग निकै कम मात्रै आएपनि व्यक्तिगत रुपमा सहयोग गर्नेहरुको संख्या उल्लेख्य रहेको पनि उहाँले उल्लेख गर्नुभयो।यस्तै, पत्रकार सम्मेलनमा बोल्दै फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले चार करोड भन्दा बढी अनुमानीत लागत रहेको बस्ती निर्माण गर्न हालसम्म ६० लाखको हाराहारीमा सहयोग जुटेको जानकारी दिनु भयो ।सबै जुटेर सहयोग गरेमा भूकम्प प्रभावित सबै जिल्लामा एउटा एउटा नमुना बस्ती बसाउने योजना रहेको जानकारी पनि उहाँले दिनुभयो ।


लोकदोहोरी गायक  भण्डारीको सहयोग
अमेरिका बस्दै आएका लोकदोहोरी गायक भगवान भण्डारीले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ५१ हजार रुपैँया आर्थिक सहयोग गर्नुभयो । धुर्मुस सुन्तलीलाई भेटेर उनले आफ्नो स्वर्गीय बुवा आमा छविलाल भण्डारी र टिकादेवी भण्डारीको सम्झनामा धुर्मुस सुन्तली फाउण्डेशनलाई उक्त सहयोग गर्नुभएको हो। बुवाको १३ औँ दिनको पुण्य तिथिमा नेपाल आएको अवसरमा गायक भण्डारीले उक्त सहयोग धुर्मुस सुन्तलीलाई हस्तान्तरण बताईएको छ  ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना