रु एक्काइस लाख खर्चे पनि विद्युत् सुविधाबाट वञ्चित

राजविराज, माघ २० गते । विद्युतीकरणका लागि छ वर्षअगाडि रु २१ लाखभन्दा बढी खर्च भए पनि सप्तरीको हरिपुर, दौलतपुर र पिप्रापश्चिम गाविसका जनताले विद्युत् सुविधा पाउन सकेको छैन । ती गाविसबाट बजेट विनियोजन गरी ग्रामीण विद्युतीकरणका लागि नमुना समाज विकास केन्द्रमार्फत रु २१ लाख रकम खर्च भएको तर विद्युत् बत्ती बल्न सकेको छैन । बिजुली बत्ती बाल्न स्थानीयवासीले ६ वर्षअघि रकम सङ्कलन गरी नमुना समाज विकास केन्द्रलाई बुझाइए पनि अहिलेसम्म उक्त तीन गाविसमा विद्युत् पुग्न नसकेका गुनासो स्थानीय बासिन्दाको छ ।

विद्युत् नहुँदा तीन गाविसका हजारौँ घरपरिवारलाई समस्या हुनुका साथै कृषि, व्यवसाय, उद्योग तथा बिजुली बत्ती बाल्न टिभी, रेडियो सञ्चालन गर्न र मोबाइल चार्ज गर्नमा समेत समस्या उत्पन्न हुने गरेको हर्दिया गाविसका कृष्ण तिमिल्सिनाको भनाइ छ ।

तीन गाविसका लागि सामुदायिक विद्युतीकरणका लागि रु २१ लाख रकम खर्चे पनि अहिलेसम्म विद्युत् जडान हुन नसकेकामा आफूहरु वर्षांैदेखि टुक्कीकै भरमा रात बिताउँदै आएको गुनासो स्थानीय गङ्गा चौधरीको छ ।

यसैबीच नमुना समाज विकास केन्द्रका अध्यक्ष दर्पनारायण चौधरीले विद्युतीकरणका लागि उठाएको रकममध्ये रु पाँच लाख खर्च गरेर हर्दिया गाविस–१, २ र ३ मा विद्युत् जडान भए पनि बाँकी रकम बैंकमा रहेको तथा अन्य गाविसमा विद्युतीकरण गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना