आजदेखि जाजरकोट–काठमाडौं सिधा बस सुरु

जाजरकोट, माघ २० गते । आजदेखि जाजरकोट–काठमाडौं बस सञ्चालनमा आएका छन् ।  सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बस व्यवसायी, नागरिक समाज, राजनीतिक दल र पत्रकारको संयुक्त छलफलले आजदेखि बस सेवा सञ्चालन गर्ने सहमति भएको हो । 

अब जाजरकोटबाट काक्रेविहार बस व्यावसायिक समिति, भेरी गङ्गा बस व्यावसायिक समिति, भेरी राप्ती बस व्यावसायिक समिति र मध्यपश्चिम बस व्यावसायिक समितिका बसहरु जाजरकोटबाट काठमाडौँ सिधा बस सञ्चालन गर्नेछन् । काक्रेविहार बस व्यावसायिक समितिले भाडा निर्धारण गरे पनि अन्य समितिले भाडा निर्धारण गरेका छैनन् ।

गत बिहीबार काक्रेविहार बस व्यवसायी समितिले जाजरकोटबाट काठमाडाँैका लागि सिधा बस सञ्चालनमा ल्याएपछि भेरी गङ्गा बस व्यावसायिक समिति, भेरी राप्ती बस व्यावसायिक समिति र मध्यपश्चिम बस व्यावसायिक समितिले त्यसको विरोध गर्दै यातायात बन्द गरेका थिए । सोमबार भएको छलफलबाट यातायात सञ्चालनमा देखिएको सिन्डिकेटको पनि अन्त्य भएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना