• ६ चैत २०८०, मङ्गलबार

क्षेप्यास्त्र आक्रमणमा ५ सिरियाली सैनिकको मृत्यु

blog

दमास्कस, असोज १ गते । इजरायली सेनाले शुक्रबार मध्यरातमा राजधानी दमास्क स्थित अन्तर्राष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणमा रहेको सैनिक स्थलमा गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच सैनिकको मृत्यु भएको सिरियाली सेनाले जनाएको छ ।

बेलायतस्थित युद्ध पर्यवेक्षक, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएअनुसार सो आक्रमण दमास्कसको ग्रामीण इलाका र सय्यदा जैनाब क्षेत्रमा लक्षित थियो ।

त्यस क्षेत्रमा लेबनानमा रहेको शिया आन्दोलन र पार्टीसँग सम्बन्धित गतिविधि केन्द्रित  बताइएको छ । रासस/सिन्ह्वा