• ६ चैत २०८०, मङ्गलबार

कपिलवस्तुको शिवपुरमा बस पल्टिँदा २० जना घाइते

blog

नारद कोहार
तौलिहवा, असोज १ गते ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत शिवपुरमा बस पल्टिँदा २० यात्रु घाइते भएका छन् ।

शनिबार बिहान करिब ४ बजे काठमाडौंबाट धनगढीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख–२३–४७ नम्बरको रात्रि बस पल्दिँटा २० जना यात्रु घाइते भएका हुन् । 

जिल्ला ट्राफिक कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बस चिप्लिएर अनियन्त्रित भइ पल्टिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते यात्रुको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको तिमिल्सिनाले बताउनुभयो ।