सहमतिकै आधारमा मुलुकमा संविधान जारी गरिनुपर्ने

Arjun Narsingh K.Cलम्की, माघ २० गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सहमतिकै आधारमा मुलुकमा संविधान जारी गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार पहलमानपुरमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै नेता केसीले प्रक्रियामा गए पनि १२० दिन लाग्ने भएकाले सहमतिको प्रयत्न गर्नु आवश्यक रहेको औँल्याउनुभयो । उहाँले सहमतिका आधारमा राजनीतिक दल लागे मुलुकले ६ अर्बको ६ महिनाभित्रमा संविधान पाउने बताउनुभयो ।

“देशलाई द्वन्द्व, मुठभेड र धु्रवीकरणको बाटोमा लैजानु हँुदैन”–नेता केसीले भन्नुभयो–“देशलाई सहमतिको बाटोमा लगी विकास गर्नु आवश्यक छ ।” आन्दोलनमा रहेको एमाओवादीसहितको मोर्चालाई बन्दका गतिविधि बन्द गरी सहमतिको बाटोमा आउन पनि नेता केसीले सुझाव दिनुभयो ।
नेपाली काँग्रेस पहलमानपुर गाउँ कार्य समितिले खोपामा आयोजना गरेको माघी मिलन कार्यक्रमलाई सम्बोधन गर्न नेता केसी पहलमानपुर पुग्नुभएको हो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना