चामलको भात खानु रुखबाटै !!


मुरारी अधिकारी
बुसवाङ (धादिङ), जेठ १० गते । बु्रसबाङकी ज्ञानुमाया चेपाङको उमेर ३५ वर्ष पुग्यो । उनले थाहा पाएदेखि कन्दमुलका भरमा जीवन टारिरहेकी छिन् । पाँच वर्षको उमेरदेखि ज्ञानुमाया गिठ्ठाको खोजीमा नजिकैको जंगलमा गएको अनुभव बताउँछिन् । टाँकीको मुन्टा, चिउरी फेला परेको दिन उनलाई जीवनको नै सन्तुष्टिको दिन हुन्थ्यो ।
आफ्नो घर मुनीको मलेखु बजारमा माछा, आलुचप, मःम, चाउमिन, खसी÷कुखुराको मासु, मनभोग÷बासमती चामलको भात, मिनरल वाटरसहित विभिन्न परिकार पाइन्छ भन्ने कुरा ब्रुसबाङका आइतरामलाई थाहा छ । पछिल्लो समय बालबच्चा विद्यालय जान थालेपछि नयाँ नयाँ खानाका परिकारका नाममा घरमा झगडा गर्ने गरेको उनी बताउँछन् ।
ज्ञानुमायालाई बाबुआमा र तीन जना बच्चालाई विहान वेलुकाको छाक टार्न मुस्किल परेको छ । घर छेउमा रहेको टाँकीको बोटमा मुन्टा छिप्दै गरेकी चेपाङले भनिन,् ‘खाएपनि टाँकी नखाएपनि टाँकी, बारीमा टिपे पनि टाँकी जंगल गएपनि टाँकी । दुई महिना भईसक्यो टाँकीको मुन्टा खाएको, हिड्ने बोल्ने ताकत छैन । घरमा मकै पनि छैन । श्रीमान घरज्वाई राख्न ल्याकी चेपाङले छाक टार्न कै लागि श्रीमानलाई कतार पठाएकी छु । कहिले साहुको ऋण चुक्ता गर्नु र चामलको भात पेट भरी खानु रुखबाटै ।’
साँझपख बारीको डिलमा सिस्नु टिप्दै गरेको दिलमाया चेपाङको पनि कथा व्यथा उस्तै छ र्।  चैत्रको अन्तिमबाट लगातार विहान गिठ्ठा वेलुका सिस्नु खाएको अब त खोज्न जान नसक्ने गरी गलिसक्यौ । घरमा मकै पनि छैन । लगाएको आठ महिनामा पाक्ने मकैले आठ जनाको परिवारलाई मुस्किलले चार महिनासम्म खान पुग्छ । मकै पाक्न कार्तिक पर्खनुपर्छ कसरी बाँच्नु । पानी लिन पनि साढे चार घण्टा लाग्छ । पानी ल्याएर खान पनि नसक्ने अवस्थामा पुगिसक्र्यौ  दिलमायाले मलिनो स्वरमा भनिन् । उनका श्रीमान रामलालले वर्ष भरिमा ६०÷७० डोका बुनेर वार्षिक आठ हजार रुपियाँसम्म नगद हात पार्ने बताउँछन् । तर त्यो पैसाले लुगापाटो नै पुग्दैन । तेल मसलाको त कुरै छैन । ज्याला मजदुरी गर्ने गाँउठाँउ पनि नजिक छैन । हामी चेपाङलाई हेर्ने कोही भएनन रामलालले दुखेसो पोखे ।
६७ वर्षिय चनद्रमान चेपाङ एकाबिहान छोरालाई साथी लिएर गिठ्ठा तास्दै थिए । अघिल्लो दिन बाबुछोराले दिनभर बन घुमेर ल्याएको आधा डोको गिठ्ठा तासेर खरानीमा हालिरहेका उनीहरु खरानीले गिठ्ठा निकै मिठो बनाउने  बताउँछन् । गिठ्ठा पोलेपछि पखाल्नुपर्ने चन्द्रमानलाई थाहा छ तर एक खेप पानी ल्याउन साढे चार घण्टा लाग्ने चन्द्रमान बताउनु हुन्छ । पानी नभएपछि आफूहरु नपखाली खाने गरेको बताउनु हुन्छ ।
जंगलमा टाँकी, गिठ्ठा, सिस्नु पनि मासिदैं जानथाले पछि आफ्नो  जीवन थप कष्टकर बन्दै गएको छ उनीहरुको जीवन । ६० वर्ष वन चाहारेर खाएका चन्द्रमान वनको कुन ठाँउमा गिठ्ठा, टाँकी, सिस्नु छ सवै घरमै बसेर भन्छन् र्,  पहिला एक दिन बन गएपछि २÷३ दिन जानु पर्दैन थियो । अहिले त दिनभर चाहार्दा पनि वेलुकाको छाक टर्दैन । यस्तै हो भने अर्को वर्ष भोकभरीले मरिन्छ । ज्याला मजदुरी गर्न पनि मनाङ जानु पर्छ । वेनिघाटतिर गयो भने दिनको रु. दुई कमाई हुन्छ र्। 
प्रजा विकास कार्यक्रमले पनि बु्रसवाङका चेपाङलाई केही नगरेको भनाई गाँउका अगुवा  टेकबहादुर चेपाङको छ र्,  चेपाङका नामा धेरैले कमाए हाम्रो अवस्था ज्यूँका त्यूँ नै रहेको छ र्।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना