लोभलाग्दा पहेँला आँपले झुक्किनु होला ?


माला कर्ण


सप्तरी, जेठ ९ गते । आँप पाक्न अझै समय बाँकी रहेको भएपनि बजारहरुमा अहिले विषादी (कारवाइड) प्रयोग गरिएका आँप बिक्री वितरण भइरहेको पाइएको छ ।
अत्यधिक मात्रमा आँप फल्ने जिल्ला सप्तरीमै खुलेआम विषादी प्रयोग गरिएको आँप विक्री वितरण भई रहँदा अनुगमन गर्ने निकाय भने चुप लागेर बसेको छ । यहाँ जिल्लाका साथै भारतको विभिन्न स्थानबाट विषादी प्रयोग गरेको आँप व्यापारीहरुले खुलआम विक्री  भैरहेको छ ।
चाडपर्वको मुखमा मात्र अनुगमन गर्ने समितिको कमजोरीको कारण  राजविराजको गुद्री बजार, विभिन्न चोक तथा सदरमुकाम बाहिरका बजारहरुमा खुलेआम विषादी प्रयोग गरिएका आँप बिक्री वितरण भइरहेको छ । हेर्दा लोभलाग्दो र आकर्षक देखिने आँप विषादी प्रयोग गरेर बिक्री गर्न राखिएका हुन्छन् ।
नेपालमा स्थानीयस्तरको उत्पादित आँप बजारमा आउन नसकेको र रुखमै रहेको अवस्थामा आँप व्यापारीले भारतको बिहार, उत्तरप्रदेश र पश्चिम बङ्गालबाट काचो आँप आयात गरी त्यसलाई पकाउन जनस्वास्थ्यका लागि हानिकारक कारवाइड प्रयोग गरी बिक्री गर्ने गरेका छन् ।
कारवाइड प्रयोग गरिएको आँपबाट छालाको रोग, पेट दुख्ने, वान्ता हुनेलगायत अन्य शारीरिक समस्या उत्पन्न हुने स्वाथ्यकर्मी सुधीरप्रसाद कर्णले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, ‘सिजनको आँप मात्र खान उपयुक्त हुन्छ ।’
भारतको सीमावर्ती गाउँहरुबाट व्यापारीहरुले आयत गरेका आँप थोक बिक्रेताहरुले बिक्रीका लागि गोदाममा कारवाइड प्रयोग गरी आँप पकाउने गरेको जानकारहरु बताउँछन् ।
सप्तरीको राजविराजमा कहिलेकाही अनुगमन गर्ने संयुक्त बजारअनुगमन टोलीले अहिले मौन रहेका छन् । यसरी भारतबाट काँचो आँप आयत गरी विषादी प्रयोग गरी उपभोक्ता माथि खेलबाड गर्ने व्यापारीमाथि सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको भनाई नगरवासीको छ ।


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना