शुरु भो साकेला - सिली नाच्दै साकेला (उभौली)


भोटराज राई
उदयपुर, जेठ ८ गते । किराँत राईहरुको मुख्य थलो पूर्वी जिल्लाहरुमा उनीहरुको महान् पर्व साकेला (उभौली) मनाउन क्रममा उदयपुरमा भब्यरुपमा साकेला सिली नाचेर मनाउन सुरु गरिएको छ ।

चुहाडेमा साकेला नाँँच्दै किरात राई समुदाय । तस्बिर : भोटराज राई, उदयपुर

किरात राई यायोक्खा उदयपुर र प्रारम्भिक कमिटी चुहाडेको संयुक्त आयोजनामा साकेला सिली उभौली कार्यक्रमको आयोजना गरी उदयपुरमा साकेला (उभौली)को सूरुवात गरिएको किराया प्राक गाईघाटका अध्यक्ष प्रकाश राईले बताउनुभयो ।

ढोल भ्mयाम्टा बजाउँदै चमर, सेउली समाएर साकेला सिली नाचिन्छ । साकेला नाँच्न जिल्लाको भिभिन्न ठाउँबाट किरात राई समुदायहरु आप्mनो भेषभुषा र गरगहना लगाएर आएका थिए । बालबालिकादेखि बृद्धबृद्धासमेत साकेला सिली नाचेका थिए । प्रकृतिपुजक राईहरुले प्रकृतिसंग सम्बन्धीत साकेला सिली नाच्ने गर्छन् । मानवीच जीवन शैली, कृषिकर्ष, जिवजनावरको नक्कल आदि गरेर साकेला नाच्ने गर्छन् । सामान्य बर्षातको प्रवाहसमेत नगरी साकेला नाचिएको थियो । किरात राई समुदायमात्र नभएर अन्य जाती समेत साकेला सिली नाच्न सहभागि बनेका थिए ।
आजकै दिन राईहरुको पुरोहित नोछुङबाट गाईघाटको मूख्य साकेला थानमा सिकारी पुजा र साकेला थानमा पूजाआजा गरी साकेला जगाएका थिए । साकेला नाचको लागि बजाउन मिल्ने गरी ढोल भ्mयाम्टा पनि विधिवतरुपमा खुलाईन्छ ।
आजबाट सुरु भएको साकेला उदयपुरमा आगामी जेठ १९ गते सदरमुकाम गाईघाटको मूख्य साकेला थानमा भब्यरुपमा साकेला सिली प्रतियोगिता गर्दै सम्पन्न हुने किरात राई यायोक्खा उदयपुरका अध्यक्ष विमल किरातीले बताउनुभयो ।

राससका अनुसार किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिले महान् चाडका रुपमा आज उभौली र उधौली पर्व मनाएका छन् ।

किराती रीति र परम्पराअनुसार आज भूमिको पूजा गरी यो पर्व मनाइयो । प्रकृति पूजक किरातले मनाउ“दै आएको यो पर्व कहिलेबाट मनाउन सुरु गरियो भन्ने सम्बन्धमा कुनै तथ्य प्रमाण छैन ।

यस पर्वका विषयमा स्थान र परम्पराअनुसार विभिन्न मिथक सुनिन्छन् । पृथ्वीमा कृषि युगको सुरुवात भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिन्छ ।

उभौलीलाई समुदाय, ठाउ“ र भाषागत भिन्नताअनुसार विभिन्न नामले पुकारिन्छ । चाम्लिङले साकेला, वान्तावाले साकेवा तथा साकेन्वा, सुनुवारले फोलष्या“दर, लिम्बूले चासोक, दुमीले तोसी वा तोसुजस्ता नामले सम्बोधन गर्ने गरेको यसको अनुसन्धानमा लाग्नुभएका कीर्तिकुमार दुमी राई बताउनुहुन्छ ।

यो पर्व ऋतु परिवर्तनस“गै वर्षमा दुईपटक मनाइन्छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् वसन्त ऋतुमा उभौली र मङ्सिर पूर्णिमा अर्थात् शरद ऋतुमा उधौली पर्वको रुपमा मनाइन्छ । “दुमी भाषामा उभौली पर्वलाई ‘धिरियाम्लो’ र उधौली पर्वलाई ‘छिरियाम्लो’ भन्ने गरिन्छ, हरेक वर्ष अन्नबाली लगाउने बेलामा उभौली र पाक्ने बेलामा खुसियाली मनाउ“दै उधौली पर्व मनाइन्छ” – उहाँले भन्नुभयो ।

लगाएको अन्नबाली राम्रोस“ग सप्रियोस्, पानी परोस्, किराफट्याँङ्ग्रा तथा जङ्गली जनावरले दुःख नदिउन्, सबैमा सुख शान्ति, सुस्वास्थ्य, दैवी प्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाइन्छ । तराईतिर गर्मी बढेर माछा, पशुपक्षी, चराचुरुङ्गी, किराफट्याङ्ग्रासमेत उभो चिसो लेकतिर बसाइँ सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने पर्वलाई उभौली भनिएको हो ।

किरातहरु उधौली पर्वमा अन्नबाली पाक्ने, खेतबारीमा लहलह देखिने, भकारी भरिएर सह बसोस्, आउ“दो साल खाद्यान्नको अभाव नहोस् भन्दै खुसी, सुख र समृद्धिको कामना गर्दै उधौली पर्व मनाउँछन् ।

लेक तथा पहाडतिरको वातावरण चिसो हुने हु“दा गर्मीको समयमा तराईतिरबाट उभो चिसो लेकतिर बसाइँ सरेका माछा, पशुपक्षी, चराचुरुङ्गी र किराफट्याङ्ग्रासमेत उधो गर्मी भएको ठाउ“ मधेस, तराईतिर बसाइँ झर्छन् भन्ने विश्वासले पनि मङ्सिर पूर्णिमामा मनाइने पर्वलाई उधौली भनिएको भूपेन्द्र पुमा राई बताउनुहुन्छ ।

राई, लिम्बू, याक्खा र सुनुवारलगायतका किरात जातिको यो पर्वकोे अवसरमा पहिलो दिनमा घर घरमा लिपपोत गरिन्छ । आफ्ना पिता पुर्खाले मानेको तीन चुलो ढुङ्गाको विधिपूर्वक पूजा गरिन्छ ।

गाउ“, समाज, टोलमा पहिलेदेखि नै स्थापना गरी राखिएको साकेला थान, भुमेथान र त्यो नभएको ठाउ“मा कटुसको हा“गा गाडी थान स्थापना गरेर भूमि र नागनगेनीको पूजा गरिने गरेको ऋषिश्वर दुमी राई बताउनुहुन्छ ।

“पूजा सम्पन्न गर्नका लागि कुखुरा, स“ुगुरको साथमा जा“ड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुका“डलगायत सामग्री आवश्यक पर्छ” – उहाँले भन्नुभयो ।

पूजापछि थानकै वरिपरि सामूहिक रुपमा विभिन्न परम्परागत बाजा बजाएर नाच्ने गरिन्छ । पहिलो दिन पूजा स्थलमा नाची पछिका दिनमा फरक स्थानमा जम्मा भई नाचेर १५ दिनसम्म यो चाड मनाइन्छ ।

नाच्ने क्रममा हातखुट्टाको चाल र हाउभाउको माध्यमबाट ढोल, झ्याम्टाको तालमा विभिन्न जीव, जनावर, पशुपक्षी, चराचुरुङ्गीको नक्कल, खोरिया फा“डेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको, उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।

साथै कपासबाट धागो कातेको, कपडा बुनेको, सिङ्गारपटार गरेको जस्ता कार्यलाई पनि अभिनयको माध्यमबाट नाचमा उतारिन्छ । यसलाई ‘सिली टिप्ने’ भनिन्छ । सिली टिप्ने वा नाच्ने तरिका ठाउ“अनुसार फरक हुन्छ । यसरी नाच्दा वा सिली टिप्दा अभिनय वा हाउभाउस“ग मिल्ने, पितृ र प्रकृतिस“ग मेल खाने गीत गाइन्छ ।

उभौली र उधौली पर्वमा नाच्दा जातीय पहिचान भल्काउने पहिरन लगाइन्छ । पुरुषहरु कालो कोट, खा“डीको कपडा, अल्लोको धागोबाट बुनिएको कपडाबाट निर्मित दौरासुरुवाल, टोपी, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौँरीको पुच्छर, सिन्कौली सेउली हल्लाउ“दै, ढोल, झ्याम्टा बजाउ“दै नाच्ने गर्छन् ।

महिला पनि चौबन्दी चोलो, फरिया, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा ह“सिया, परम्परागत गरगहनाले सजिएर सिन्कौली सेउली हल्लाउ“दै ढोल, झ्याम्टा बजाउ“दै नाच्छन् । महिला, पुरुष, बालक, वृद्धवृद्धा सबै जम्मा भएर गोलाकार रुपमा नाचिन्छ ।

किरात जातिको बसोबास रहेका पूर्वी भागका खोटाङ, भोजपुर, उदयपुर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बुु, ओखलढुङ्गा, सुनसरी, मोरङ, इलामलगायतका जिल्लामा हर्ष उल्लासका साथ यो पर्व मनाइन्छ । यस अवसरमा यी जिल्लाका गाउँ गाउँमा ढोल, झ्याम्टा बजाएको आवाज सुन्न र नाच देख्न सकिन्छ ।

हाल राजधानी काठमाडौँमा समेत यो पर्व मनाउने गरिएको छ । काठमाडौँमा बसोबास गर्ने किरात, राई, लिम्बू, याक्खा, सुनुवारलगायतको सामूहिक आयोजनामा ललितपुरको हात्तीवनस्थित साकेला थानमा जम्मा भई पूजाआजा गरिने गरेको किरात राई यायोक्खा केन्द्रीय सदस्य सुमन राई बताउनुहुन्छ ।

“नखिपोट, टु“डिखेल, जावलाखेल, बानेश्वरलगायत ठाउँमा परम्पराअनुसार पूजा गरी मनाइन्छ, किरातको बसोबास रहेको बेलायत, हङ्कङ, सिङ्गापुर, अमेरिका, भारतलगायतका देशमा समेत यो चाडलाई मनाउन थालिएको छ” – उहाँले भन्नुभयो ।

विसं २०६३ पछि यस चाडको अवसरमा नेपाल सरकारले राष्ट्रिय रुपमै सार्वजनिक बिदा दिन थालेको छ । अन्य संस्कृतिको प्रभावमा हराउ“दै गएको रीतिरिवाजलाई जगेर्ना गर्न सबै किरातहरु लागिपरेका छन् ।

यस पर्वले समाजमा सामाजिक, सांस्कृतिक सद्भाव, आपसी सम्बन्ध र मेलमिलाप कायम गर्न टेवा पु¥याएको किरात जातिको विश्वास छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना