• ६ चैत २०८०, मङ्गलबार

अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

blog

काठमाडौं,  भदौ ३० गते । सामाजिक सञ्जाल फेसबुकमा टि मोबाइल स्टोर पेज खोली उक्त पेजको दुरुपयोग गरी अनलाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । 

सो कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका–११ खनार बस्ने २३ वर्षीय प्रसिन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले उक्त पेजको दुरुपयोग गरी आइफोन १३ प्रो मोबाइल सेट सस्तो मूल्य एक लाख १५ हजार रुपैयाँ पर्छ भनी पीडितलाई भन्सार ट्याक्स, डेलिभरी चार्ज बापत विभिन्न व्यक्तिहरूको ई सेवा आइडी तथा बैङ्क खातामा रकम पठाउन लगाई ठगी गरेको घटनाको थप अनुसन्धानका लागि खटिएको प्रहरीले चौधरीलाई काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वरमा फेला पारी पक्राउ गरेको हो । 

उनलाई ठगी कसूरमा आवश्यक कारबाही एवं अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको जानकारी नेपाल प्रहरीले दिएको छ ।