धुर्मुस सुन्तली फाउण्डेशनलाई रेखा थापाको साथ


काठमाडौं, जेठ ७ गते । गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि नायिका रेखा थापाले धुर्मुस सुन्तली फाउण्डेशनलाई एक लाख रुपियाँ नगाद आर्थिक सहयोग गरेकी छिन् ।
धुर्मुस सुन्तली फाउण्डेशनको कार्यालयमै पुगेर उनले सहयोग हस्तान्तरण गरेकी हुन् । सम्पूर्ण कला जगतको प्रतिनिधित्व गर्दै धुर्मुस सुन्तलीले गरेको काममा सानो सहयोग गरेको नायिका थापाले बताएकी छिन् । आफ्ना थुप्रै फ्यानले धुर्मुस

सुन्तलीको काममा सहयोग गर्न आग्रह गरेकाले पनि गिरान्चौर निर्माणका लागि सकेको आर्थिक सहयोग गरेको उनको भनाई छ ।
गिरान्चौर एकिकृत बस्ती बनाउने अभियान कला जगत सबैको साझा अभियान भएकाले सकेको सहयोग गर्नु आफ्नो कर्तव्य भएको नायिका थापाले बताएकी छिन् ।
सहयोग रकम बुझ्दै फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले रेखा थापाले गरेको सहयोग सम्पूर्ण फिल्मी क्षेत्रले गरेको सहयोग र समर्थनको रुपमा लिएको प्रतिक्रिया दिएकी छिन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना