कालिकोटमा भीषण पहिरो, ३ को मृत्यु ,चालिस भन्दा बढी पसल पुरिए

बिस्नप्रसाद न्यौपाने 

kalikotकालिकोट जेठ ७ गते । कालिकोट जिल्लाको कोटबाडा गाविस स्थित लालिघाट बजारमा भीषण पहिरो जाँदा ३ जनाको ज्यान गएको छ । स्थानीय बजारबासी हंशबहादुर शाहीका अनुसार गएराती करीब १२ बजेतिर ठुलो बर्षासँगै आएको भीषण बाढी पहिरोले ४० बढी होटल तथा पसलहरु पुरिएका छन् । शाहीका अनुसार बजारबासी हिरा विक स्यूना ५, लक्ष्मी भण्डारी धौलागोह ७ र एक जनाको नाम खुल्न नसकेको शब भेटिएको छ ।

स्थानीय हाटबजार भएकाले यति बेपत्ता भन्नेबारे सबै जानकारी आउन सकिरहेको छैन् । प्रमूख जिल्ला अधिकारी प्रदीप श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय कालिकोटको टोली, नेपाली सेना तथा स्थानिय नागरिकहरु उद्धारमा जुटिरहेका छन् । जिल्लाको पलाता क्षेत्र लगायतका १७ गाविसको हाट बजार भएकाले अन्यत्रका पनि सामान लिन आएकाहरु बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ ।
जिल्ला प्रहरी प्रमूख डिएसपी किशनसिंह बुडालले क्षतिको यकिन हुन नसकेको भएपनि उद्धारका लागि प्रहरी टोली राती देखी परिचालन भएको बताउनुभयो । उहाँका अनुसार पसलमा कति मान्छे थिए भन्ने कसैले पनि अनुमान गर्न सकिरहेको छैन् । ४० बढी पसलहरु पुरिएकाले कतिपय भाग्न सफल भएका छन् भने कतिपय पसलसंगै पुरिएको स्थानियले बताएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना