• ६ चैत २०८०, मङ्गलबार

पपुवा न्युगिनीमा भूकम्प : दश जनाको मृत्यु

blog

पोर्ट मोरेस्बी, भदौ  ३०  गते । पपुवा न्युगिनीमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । यस भूकम्पमा परी अन्य कैंयौं घाइते भएका छन् । उद्धारकर्ताहरू दुर्गम पहिरो प्रभावित समुदायहरूमा पुग्न थालेपछि भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

यस भूकम्पको केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा घर र पूर्वाधारमा व्यापक क्षति पुगेको छ । अहिले पनि धनजन क्षति विस्तृत विवरण भने प्राप्त भएको छैन । पपुवा न्युगिनीमा गत आइतबार बिहान ७ः४६ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रधानमन्त्री जेम्स मारापेले पपुवा न्युगिनीमा आएको शक्तिशाली भूकम्पपछि सतर्क रहन जनतालाई चेतावनी दिनुभएको छ । तर यसको प्रभाव सन् २०१८ को भूकम्पभन्दा कम हुने अपेक्षा गरिएको छ । सन् २०१८ को भूकम्पमा परी १५० जनाको ज्यान गएको छ । रासस/एएफपी