स्वदेशमै डाक्टर बन्ने सपना पूरा गराउँदै पूर्वका मेडिकल कलेजहरु 

मोरङ, माघ १९ गते । केही वर्षअघिसम्म डाक्टर ९चिकित्सक० पढ्न सीमित धनाढ्यहरुको मात्रै पहुँचको विषय थियो । नेपाली विद्यार्थी भारत, बङ्गलादेश वा अन्य तेस्रो मुलुक गएर महँगो खर्चमा डाक्टरी पढ्न बाध्य थिए । नेपालमा चिकित्सा विषयमा अध्ययन अध्यापन गराउने एक/दुई विश्वविद्यालय थिए तर ती सबै राजधानीमा मात्र सीमित थिए ।

तर आजकल समय फेरिएको छ । अब नेपालमै थोरै खर्च गरेर गुणस्तरीय पढाइको अवसर लिएर अनुकूल वातावरणमा डाक्टर बन्न पाइन्छ । नेपालमै खुलेका निजी र सरकारी मेडिकल कलेजहरुमा चिकित्सा क्षेत्रका विभिन्न विधामा पढाइ हुन थालेपछि सर्वसाधारण नेपालीका छोराछोरी पनि धमाधम डाक्टर बनेर बिरामीको सेवा गर्ने आफ्नो सपना पूरा गर्न लागिपरेका छन् ।

चिकित्सा क्षेत्रका विभिन्न विधामा पठनपाठन सञ्चालन गराएर नेपालबाटै डाक्टर र स्वास्थ्यकर्मीहरु उत्पादन गर्ने धेरै शैक्षिक प्रतिष्ठानहरु सञ्चालनमा छन् । तीमध्ये धरानको घोपामा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कञ्चनबारीमा रहेको नोबेल मेडिकल कलेज एण्ड रिसर्च सेन्टर छोटै समयमा लोकप्रिय भइसकेका शैक्षिक प्रतिष्ठानमा पर्दछ ।

यो प्रतिष्ठान सरकारीस्तरबाट ठूलो लगानीमा सञ्चालनमा आएको अन्तर्राष्ट्रियस्तरको मेडिकल कलेज हो । नोबेल चाहिँ निजीस्तरबाट सञ्चालनमा आएको कलेज हो । यसबाहेक यसै वर्ष सम्बन्धन लिएको विराटनगरको टङ्कीसिनवारी गाविस–१ मा रहेको विराट कलेज पनि सञ्चालनमा आइरहेको छ ।

पहिले नेपालमा रहेका सरकारी स्वास्थ्य शैक्षिक प्रतिष्ठानमा मात्र स्वास्थ्य विज्ञान पढाइ हुने गर्दथ्यो । तीमध्ये काठमाडौँको टिचिङ अस्पताल, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानसहित भरतपुर र नेपालगन्जमा रहेका अस्पतालहरु हुन् ।

यता नेपाल मेडिकल काउन्सिलबाट निजी क्षेत्रले पनि चिकित्सा क्षेत्रमा शिक्षण गराउने अनुमति पाएपछि धमाधम निजी उच्चस्तरीय स्वास्थ्य विज्ञापन पठनपाठन गराउने कलेजहरु खुलिरहेका छन् ।

काठमाडौँ विश्वविद्यालयबाट अनुमति लिएर पोखरामा मणिपाल कलेज स्थापना भएपछि देशका अन्य भागमा पनि निजी क्षेत्रका चिकित्सा क्षेत्रमा अध्ययन अध्यापन गराउने कलेज खुल्न थालेका हुन् । जसअन्तर्गत विराटनगरमा रहेको नोबेल अस्पताल एण्ड रिसर्च सेन्टर र टङ्कीसिनवारी–१ मा रहेको विराट मेडिकल कलेज पनि हुन् ।

नेपालमै पढाइ राम्रो

जति टाढाको देशको डिग्री लेखेको देख्यो उति राम्रो डाक्टर होला भन्ने पुरानो सोचाइ पनि अब फेरिएको छ । नेपालमै भौतिक पूर्वाधार सम्पन्न मेडिकल कलेजहरु खुल्न थालेपछि अब नेपालमै गुणस्तरीय डक्टरी पढाइ हुन सक्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ । बरु विभिन्न शैक्षिक कन्सल्टेन्टहरुको प्रभावमा परेर चीन, भारत, लण्डन, अमेरिका गएर अध्ययन गर्नेहरुले भन्दा कम खर्चमा पूर्ण वातावरणमैत्री भएर नेपालमै डाक्टरी पढाइ गर्न पाइन थालेको छ ।

विज्ञहरुका अनुसार नेपालमै चिकित्सा विषय अध्यापन गराउने प्राध्यापकहरु उत्पादन भइसकेका छन् र केही विदेशी विशेषज्ञहरुलाई पनि ल्याएर अध्यापन गराउनका लागि वातावरण सहज बनिसकेको छ ।

नोबेल मेडिकल कलेज काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन लिएर पठनपाठन गराउने कलेजहरुमा उत्कृष्टमा पर्न सक्नु पनि यही कारण हो । पूर्वका नोबेल र बिपी प्रतिष्ठानले भारत मात्र नभएर तेस्रो मुलुकका विशेषज्ञ ९प्रोफेसर डाक्टर० हरु ल्याएर अध्यापन गराइरहेका छन् । विराटको पनि योजना यस्तै रहेको छ ।

आफ्नै सुविधा सम्पन्न लोकप्रिय अस्पताल भएको, दक्ष प्रोफेसरहरु, होस्टल र प्रयोगशालाको विशेष सुविधा आदि विभिन्न कारणहरुले गर्दा बिपी र नोबेल मेडिकल कलेज सुविधा सम्पन्न मानिएका छन् । भर्खरै सम्बन्धन लिएको विराटको सुविधा पनि प्रतिस्पर्धी नै रहने देखिन्छ । हाल पूर्वका बिपी र नोबेलमा काठमाडौँ, जनकपुर, सप्तरी, सिरहा, मोरङ, झापा, सुनसरी, इलाम, तेह्रथुमदेखि भारतको राजस्थान, हैदरावाद, उत्तर प्रदेश र विहार राज्यबाट भर्ना भएका विद्यार्थी कोही नर्स बन्न त कोही डाक्टर हुन अध्ययनरत छन् ।

नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्ध निर्देशक सुनिल शर्माका अनुसार आफ्नै देशमा अध्ययन गर्दा आफ्नो देशको भूगोल सुहाउँदो हुन्छ । विदेशमा बढीजसो सैद्धान्तिक तवरको पढाइ हुने र आफ्नो देशका मानिसमा सुहाउँदो बिरामीका बारेमा उति धेरै प्रयोगात्मक रुपले दक्ष हुन नपाइने भएकाले नेपाल र भारतमा बसेर बिरामीको सेवा गर्नेहरुले नेपालकै कलेजहरुमा डक्टरी पढ्नु उत्तम हुन्छ ।

विराट मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्की पनि आफ्नै देशमा सञ्चालन भएको केलेजमा पढ्दा वातावरण सहज हुने र घरमा बसेर समयअनुसार पढ्न पनि सकिने भएकाले विदेशमा भन्दा स्वदेशमै पढ्नु उत्तम हो भन्नुहुन्छ ।

नेपालमा पढ्दा गाउँघर सहर बजारमा पैदा हुने वातावरणीय सङ्क्रमणहरुसँग समेत परिचित हुने र प्रयोगात्मक सेवामा प्रत्यक्ष सहभागी हुने अवसर मिल्ने डा कार्कीको भनाइ छ ।

पूर्वका मेडिकल कलेजमा कार्यक्रमहरु

सन् २००७ बाट निजी क्षेत्रबाट पूर्वमा पहिलोचोटी एमबिबिएस कक्षा सुरु गरेको नोबेल मेडिकल कलेजले एमडी पनि गराउन थालेको छ । करिब एक हजार १०० विद्यार्थी अध्ययन गर्न थालेको यस कलेजमा आवश्यकताअनुसार विभागहरु पनि थपिँदै जान थालेका छन् ।

हाल मानसिक विभाग स्थापना भई व्यवस्थित उपचार पनि सुरु भइसकेको छ । यसका साथै बिडिएस र बिएस्सी नर्सिङ कक्षा पनि सञ्चालन भरहेका छन् ।

यसबाहेक सिटिभिटीबाट सञ्चालित डिप्लोमा इन फार्मेसी, पिसिएलनर्सिङ, रेडियोलोजिस्ट र सिएमएलटी विषयमा कक्षा सञ्चालनमा छन् ।

सन् १९९३ मा स्थापना भएपछि पटक–पटक आफ्नो सेवा र शैक्षिक पाठ्यक्रमको विषयमा स्तरोन्नति गर्दै आएको धरानस्थित बिपी प्रतिष्ठानले पनि स्वास्थ्य विज्ञानमा स्नातक र स्नातकोत्तर तहको पठनपाठन गराउँदै आएको छ ।

बिपीको वेबसाइटमा उल्लेख भएअनुसार यहाँ पब्लिक मेडिसिन, सर्जरी, नर्सिङ र पब्लिक हेल्थ विषयमा पढाइ हुँदै आएको छ । यहाँबाट बर्सेनि ३०० चिकित्सक उत्पादन हुँदै आएका छन् । बिपीबाट बिडिएस, एडिएस, एमडिएमएस, डिएम र एमसिएच विषयमा डाक्टरहरु उत्पादन हुँदै आएका छन् ।

भर्खरै सम्बन्धन लिएर सञ्चालनमा आउने तीव्र तयारीमा रहेको विराट कलेजले पनि बिएस्सी र नर्सिङ कक्षाहरु सञ्चालन गराउन थालेको छ । यसबाहेक बिरामीलाई प्रारम्भिक उपचार सेवा पु¥याउन पूर्वका अस्पतालले गाउँ–गाउँमा स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएका छन् ।

शिविर सञ्चालन गर्नेहरुमा विराटनगरस्थित नोबेल मेडिकल कलेज अग्रपङ्क्तिमा आउँछ । यस अस्पतालले ग्रामीण क्षेत्रमा एक्सरे र ल्याब सेवा अनि निःशुल्क औषधिसहित उपचार सेवा पु¥याउँदै आएको छ ।

पूर्वका अस्पतालमा अल्ट्रासाउण्ड, डिजिटल एक्सरे, आमा सुरक्षा कार्यक्रम, डट्स र कुष्ठ रोग, खोप, यौन, परिवार नियोजन, पाठेघरलगायतका उपचार पनि सरकारसँगको सहकार्यमा सञ्चालन गरिरहेका छन् ।

यहाँका मेडिकल कलेजले आफ्नो भौतिक संरचना र अन्तङ्ग विभागको उपचार व्यवस्था अन्तर्राष्ट्रियस्तरको बनाउँदै लगेका छन् । प्रायः तीनवटै मेडिकल कलेजमा उपचारका लागि दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, स्तरीय औजार, गुणस्तरीय ल्याब निर्माण गरिएका छन् ।

यी कलेजमा आइसियु, एनआइसियु, सिसियु, पिआइसियु, इसआइसियु पनि स्थापना गरिएका छन् । अस्पतालहरुमा आकस्मिक कक्ष, प्रसूति सेवा, रेडियोलोजी र रक्तदान सेवा २४सै घन्टा सञ्चालनमा रहेका पाइन्छन् ।स्तरीय औजार, गुणस्तरीय ल्याब निर्माण गरिएका छन् ।

यी कलेजमा आइसियु, एनआइसियु, सिसियु, पिआइसियु, इसआइसियु पनि स्थापना गरिएका छन् । अस्पतालहरुमा आकस्मिक कक्ष, प्रसूति सेवा, रेडियोलोजी र रक्तदान सेवा २४सै घन्टा सञ्चालनमा रहेका पाइन्छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना