माओवादी पार्टीहरू एक हुँदै

maobadiकाठमाडौँ, जेठ ६ गते ।  एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेकपा (क्रान्तिकारी माओवादी)लगायतका राजनीतिक दलहरूबीच बिहीबार पार्टी एकीकरण हँुदैछ ।  एकीकृत नेकपा माओवादीबाटै विभिन्न कालखण्डमा फुटेर गएका ती पार्टी केही वर्षपछि पुनः एकीकृत नेकपा (माओवादी)सँगै एकीकरण गर्न पुगेका छन् ।
एकीकृत नेकपा (माओवादी)का प्रवक्ता दीनानाथ शर्माले एकता प्रक्रियाको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।  “पार्टी एकता संयोजन समितिले पार्टी संरचना, साङ्गठनिक संरचनाका साथै आन्तरिक विषय लगभग मिलाइसकिएको छ,” प्रवक्ता शर्माले भन्नुभयो, “बिहीबार सबै पार्टीबीच एकता घोषणा हुनेछ । ”
प्रवक्ता शर्माले एकताको केन्द्रीय समिति लगभग ४९९ जनाको हुने जानकारी पनि दिनुभयो ।  यसअघि नै एकीकृत नेकपा (माओवादी)लगायतका एकता प्रक्रियामा रहेका दलहरूले १३ बुँदे साझा सहमति बनाई एकता प्रक्रिया सुरु गरेका थिए ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना