आन्दोलन सफल पार्न कार्यकर्तालाई मधेशी मोर्चाको निर्देशन

morcha
काठमाडौ माघ १८ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ३० दलीय गठबन्धनद्वारा घोषित आन्दोलनका कार्यक्रमहरुलाई प्रभावकारी रुपले सफल पार्न मोर्चाका सम्पूर्ण कार्यकर्तालाई जिल्ला जिल्ला जान निर्देशन दिएको छ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकमा आन्दोलनलाई कसरी सफल बनाउने विषयमा छलफल भएको सद्भावना पार्टीका महासचिव मनिष सुमनले बताउनु भयो । उहाँले अधिकारका लागि यो वारपारको आन्दोलन भएकाले आन्दोलनलाई व्यवस्थित बनाउन मधेशी मोर्चाले कुनै कसर बाँकी नराख्ने छलफल भएको बताउनुभयो ।
काँग्रेस र एमालेले जवर्जस्ती सविधान बनाउन चाहेको विषयमा मोर्चाका नेताहरु गम्भिर रुपमा छलफल गरेको बताउँदै उहाँले काँग्रेस र एमाले सविधान बनाउनमा गम्भिर नदेखिए मोर्चाले ठहर गरेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना