• ७ वैशाख २०८१, शुक्रबार

आजदेखि दशैंका लागि नयाँ नोट

blog

नेपाल राष्ट्र बैंकबाट नयाँ नोट साटेपछि खुशी हुँदै एक युवती । तस्बिर : कविन अधिकारी

काठमाडौं,भदौ २९ गते। नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट  वितरण सुरु गरेको छ। 

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयले बुधबारबाट सर्वसाधाणका लागि नयाँ नोट वितरण सुरु गरेको हो। राष्ट्र बैंकका सूचना अधिकारी नाराणप्रसाद पोखरेलका अनुसार केन्द्रीय कार्यालयबाट नयाँ नोट दिन सुरु गरिएको हो। 

एक व्यक्तिले पाँचदेखि एक सय दरका एक एक प्याकेट गरेर १८ हजार ५०० रुपियाँसम्म नयाँ नोट साट्न पाउने छन्।

यस पटकको दशैंमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैँकले जनाएको छ।