• १२ वैशाख २०८१, बुधबार

आमाको स्मृतिमा अक्षयकोष

blog

विद्यालयलाई अक्षयकोषको रकम हस्तान्तरण गर्दै निर्मला आङदेम्वे । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम, भदौ २९ गते । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा १ नवमीडाँडाकी निर्मला आङदेम्बेले आफ्नी स्वर्गीय आमाको स्मृतिमा ५१ हजार १ सय ५५ रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

आङदेम्वेले स्वर्गीय आमा शुकमाया चेम्जोङ आङ्देम्वेको स्मृतिमा स्थानीय बाल विकास आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गरिदिनुभएको हो । अक्षयकोषको रकम आङदेम्वेले बुधबार विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।

अक्षयकोषको ब्याजबाट उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये प्रत्येक वर्ष कक्षा ३ र ४ मा प्रथम स्थान हासिल गर्ने छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।उहाँकी आमा शुकमाया चेम्जोङ आङ्देम्बेको २०७८ साल भदौ २९ गते निधन भएको थियो ।

छात्रवृत्ति प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवसको अवसर पारेर वितरण गरिने विद्यालयसँग सहमति भएको निर्मलाले बताउनुभयो ।