आँधिखोला जलविद्युत आयोजना सम्पन्न

एकराज गिरी गल्याङ, (स्याङ्जा) माघ १८ गते । स्याङ्गजाको तल्लो गल्याङ्ग बजार नजिक आँधिखोलामा निर्माणाधिन ९ हजार ४ सय किलोवाट क्षमताको आँधिखोला जलविद्युत केन्द्र करिब एक महिनाभित्र संचालनमा आउने भएको छ । सन् २०१२ नोभेम्बरदेखि निर्माण सुरु गरिएको आयोजना संचालनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । निर्माण सुरु गरेको करिब तीन बर्षमा निर्माण भएको आयोजना प्रमुख विष्णुबहादुर सिंहले जानकारी दिनुभयो ।
१ अर्र्ब २० करोड लगानीमा निर्माण भएको आयोजनामा इन्टरनेशनल फाइनान्स कम्पनीको ६० करोड, मेगा बैंक लिमिटेडको ३५ करोड र बाँकी लगानी बुटबल पावर कम्पनी लिमिटेडको रहेको उहाँले जानकारी दिनुभयो । आयोजनामा १ हजार २ सय मिटरको हेडरेस र टेल रेस गरि दुई सुरुङ निर्माण भएका छन् । हेडरेस सुरुङ मार्फत विद्युत उत्पादन गृहमा पानी पुर्याउने र सो पानीलाई टेलरेस सुरुङबाट आँधिखोलाको पानी कालीगण्डकी नदीमा खसालिने आयोजना प्रमुख सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल आयोजनाको निर्माण सकिएर परीक्षणको क्रममा रहेको छ । आयोजनाका आधा मेशिनहरु परीक्षण भैसकेको र केही दिनमा टर्वाइनमा पानी पठाउने काम हुनेछ र आगामी फेब्रअरी १५ देखि विद्युत उत्पादन सुरु हने उहाँले बताउनुभयो । आयोजनाको निर्माण हिमाल हाइड्रो, नेपाल हाइड्रो र चाइनाको एसिया प्यासाफिकले गरिरहेका छन् । आयोजना संचालनमा आएपछि दैनिक १२ घण्टा भैरहेको लोडसेडिमा समेत केही राहत मिल्ने आयोजना निर्माण कम्पनी बुटबल पावरको विश्वास छ ।aadhikhola
यसैगरी, यसअघि ५ हजार एक सय किलोवाटको जलविद्युत आयोजना सोही ठाँउबाट संचालनमा आएको थियो । २१ वर्षसम्म संचालन रहेर क्षमता वृद्धिका लागि आयोजना बन्द गरिएको आयोजना प्रमुख सिंहले बताउनुभयो । यस आयोजनाबाट स्याङ्गजा र पाल्पाका करिब ३२ हजार उपभोक्ता लाभान्वित भएका छन् । ३२ हजार उपभोक्ताले नेपाल विद्युत प्राधिकरणले तोकेको शुल्क भन्दा ५० प्रतिशत कम दरमा विद्युत सेवा उपभोग गर्दै आएका छन् । यस आयोजनाबाट उत्पादित जलविद्युतका कारण यस क्षेत्रका जनताले लोडसेडिङबाट मुक्ति पाएका छन् ।
यसैबीच, हाल संचालनमा आउन लागेको आँधिखोला जलविद्युत केन्द्र निर्माण भएको स्थल भन्दा करिब एक किलोमिटर तल जलाशययुक्त एक सय ८० मेगावाटको अर्को जलविद्युत केन्द्र निर्माण हुने भएको छ । नेपाल सरकारको लगानीमा निर्माण हुन लागेको उ परियोजनाको नाम उच्च बाँध परियोजना रहेको छ । आयोजना निर्माणका लागि सर्भे गर्ने कार्य भइरहेको छ । परियोजनाका लागि एक सय ६२ मिटर अग्लो बाँध निर्माण हँुदैछ । आयोजना निर्माण भएपछि आँधिखोला जलविद्युत केन्द्रको बाँध डुबानमा पर्न सक्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना