बधशाला निर्माण सुरु

पथरी (मोरङ), जेठ ३ गते । बजेट अभावमा केही वर्ष अघिदेखि रोकिएको विराटगरको बधशाला निमार्णको काम पुनः सुरु भएको छ ।

विराटनगर उपमहानगरपालिकाले जगेडा कोषबाट रु ६० लाख उपलब्ध गराएपछि विराटनगरमा पुनः बधशाला निर्माणको काम सुरु भएको उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
आव २०६५÷६६ मा सरकारबाट बजेट निकासा भएपछि उपमहानगरपालिका–११ स्थित हाटखोलामा बधशाला निर्माण कार्य सुरु गरिएको थियो तर बजेट अभावमा बधशाला निर्माण रोकिएको थियो ।

नगरवासीलाई स्वस्थ मासु बिक्रीका लागि उपयुक्त स्थान बनाउने उद्देश्यले बधशाला निर्माण थालिएको हो । तर बजेट नै नभएको भन्दै निर्माण कार्य अलपत्र बनेको थियो । बधशाला निर्माणमा उपमहानगरपालिकाको रु १८ लाख खर्च भइसकेको उपमहानगरपालिका पशुपक्षी महाशाखाका प्रमुख हीरालाल यादवले बताउनुभयो ।

विराटनगरमा उपमहानगरपालिकामा दर्ता तथा अनुमति लिएका २०० वटा मात्र मासु पसल सञ्चालित छन् । व्यवस्थित बधशाला बिना सहरी क्षेत्रमा पशु बधशाला तथा मासु जाँच ऐन २०५५ समेत कार्यान्वयन हुन नसक्ने पूर्वाञ्चल क्षेत्रीय पशु सेवा कार्यालयका अधिकृत डा अशोक सिंहको भनाइ छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना