• ६ चैत २०८०, मङ्गलबार

नेप्से परिसूचक २१.३० अङ्कले वृद्धि

blog

काठमाडौं, भदौ २८ गते । पछिल्लो समय निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक मङ्गलवार वृद्धि भएको छ ।

आज नेप्से सूचक २१.३० अङ्कले बढेर १९३४.०४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८३ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स १.७१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ अङ्कले बढेको छ ।

कारोबारमा आएका २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपियाँमा कारोबार भएको छ । सोमवार २६ लाख १३ हजार ४५० कित्ता शेयर ८३ करोड १६ लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.१३ प्रतिशतले बढेको छ । बाँकी उपसमूहको १ प्रतिशतभन्दा बढीले बढेको छ ।

नेप्से बढेसँगै बोटलर्स नेपालको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, मैलुङ खोला जलविद्युतको ७.७६ प्रतिशतले बढेको छ । यता सामुदायीक लघुवित्तको शेयर मूल्य २.१० प्रतिशतले घटेको छ भने युनाइटेड इदी मर्दी हाइड्रोपावरको १.६२ प्रतिशतले घटेको छ । आज नबिल बैंकको सबैभन्दा धेरै ५ करोड ९४ लाख रुपियाँको शेयर कारोबार भएको छ ।