निर्माणाधीन इलाकामा पहिरो सातको मृत्यु

नयाँ दिल्ली, जेठ २ गते । दक्षिणी भारतीय राज्य आन्ध प्रदेशमा एक निर्माणाधीन क्षेत्रमा गएको पहिरोमा परी सात कामदारको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन ।

यस घटनामा अन्य एक घाइते भएको बताइएको छ । सो पहिरो आन्ध्र प्रदेशको प्रान्तीय राजधानी सहर हैदराबाद सहरबाट २७० किलोमिटर दक्षिणमा पर्ने गनतुर जिल्ल्लामा गएको बताइएको छ ।

यस घटनामा एक कामदारलाई भने जिवीतै उद्धार गरिएको र तर उनको पनि अवस्था चिन्ताजनक रहेको बताइएको छ । रासस÷एपी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना