• ६ चैत २०८०, मङ्गलबार

चेरी र सवारी ज्यान मुद्दाका फरार दुई जना पक्राउ

blog

माला कर्ण

कल्याणपुर, भदौ २८ गते । चोरी र सवारी ज्यान मुद्दामा कैद सजाय ठहर भएर फरार रहेका दुई जनालाई सप्तरी प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। 

चोरी मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका ६ का २१ वर्षीय गोपी भनिने किसन राउत मेहतरलाई मङ्गलवार प्रहरीले पक्राउ गरेको हो। सप्तरी जिल्ला अदालतबाट कैद सजाय ठहर भएर फरार रहेका मेहतरलाई कैद भुक्तानका लागि राजविराज कारागार पठाइने जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०७८ चैत १४ गते मेहतरलाई ५ महिना कैद र पाँच हजार रुपियाँ जरिवाना ठहर भएको थियो।

आरोपितले २०७७ कात्तिक १९ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठी बस्ने ३१ वर्षीय झौलीकामैतको घरबाट खसीचोरेका थिए। त्यस्तै सवारी ज्यान मुद्दामा फरार रहेका सप्तरीको सुरुङगा नगरपालिका २ पिप्रा पश्चिमका ३५ वर्षीय शिवराज दाहाललाई प्रहरीले पक्राउ गरेको छ। 

सप्तरी जिल्ला अदालतले २०७५ चैत ३ गते दाहाललाई १ महिना १५ दिन कैद ठहर गरेको थियो। कैद ठहर गरेर फैसला गरे पश्चात् फरार रहेका दाहाललाई खोजतलासको क्रममा पक्राउ कैद भुक्तानको लागि कारागार पठाएको छ। 

उदयपुरगढी गाउँपालिका ७ की ३१ वर्षीय सुशिला तामाङले स १ त ५५५९ नम्बरका ट्याक्टर धनी दाहालविरुद्ध उजुरी दिनुभएको थियो। फैसला कार्यान्वयन अन्तर्गत गत वर्ष सप्तरी प्रहरीले ४०४ जनालाई पक्राउ गरेको थियो। जसमा देवानी मुद्दाअन्तर्गत ३४७ र फौजदारी अपराध अन्तर्गत ५७ जना रहेका थिए।

यस्तै आर्थिक वर्ष २०७८/०७९ मा सप्तरी प्रहरीले १०३ वर्ष ११ महिना २६ दिन कैद र १० लाख ८९ हजार १२६ रुपियाँ जरिवानाअसुल गरेको थियो।