शिखर सम्मेलनमा भाग लिन माल्दिभ्सका राष्ट्रपति गैयुम काठमाडौँमा

 Gaiyuumकाठमाडौँ,  मङ्सिर ९ गते । माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुम दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को भोलिदेखि सुरु हुने अठारौँ शिखर सम्मेलनमा सहभागी हुन आज मध्याह्न यहाँ आइपुग्नुभएको छ ।
      राष्ट्रपति गैयुम सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएलगत्तै शिष्टाचार महापाल कालीप्रसाद पोखरेलले उहाँलाई स्वागत अभिवादन गर्नुभयो ।
त्यसलगत्तै गैयुमलाई कार्केडसहित विशिष्ट पाहुनाको स्वागतका लागि तयार पारिएको मञ्चमा आइपुग्नु हुँदा उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य, नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्याल, प्रधानमन्त्रीका मुख्य निजी सचिव वसन्तकुमार गौतम र राष्ट्रपति कार्यालयका सचिव अनुपकुमार उपाध्यायले उहाँलाई स्वागत अभिवादन गर्नुभयोे ।
 
    सो अवसरमा राष्ट्रपति गैयुमकोे सम्मानमा नेपाली सेनाले मङ्गल धुनसँगै सम्मान गारत अर्पण गरेको थियो । त्यसपछि दुवै देशको राष्ट्रिय धुन बजाइएको थियो । राष्ट्रपति गैयुम माल्दिभ्सको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आउनुभएको हो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना