• ६ चैत २०८०, मङ्गलबार

संसदीय प्रतिनिधि मण्डल र अध्यक्ष ली चान्सु बीच छलफल 

blog

काठमाडौँ, भदौ २८ गते । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहनु भएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन काँग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्सु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबिच छलफल भएको छ ।  

नयाँ बानेश्वस्थित सङ्घीय संसद् भवनमा अध्यक्ष तिमिल्सिना नेतृत्वको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, सचेतक तथा सांसदहरूसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलबिच द्विपक्षीय भेटवार्ता भएको हो ।