• ६ चैत २०८०, मङ्गलबार

विद्युतीय सवारी साधनको प्रदर्शनी हुने

blog

काठमाडौँ, भदौ २८ गते । आगामी असोज ६ देखि ९ गतेसम्म विद्युतीय गाडीसम्बन्धी प्रदर्शनी हुने भएको छ ।  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपालमा पहिलो पटक आयोजना गर्न लागेको नाडा ईभी एक्स्पोमा विद्युतीय सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा समावेश हुने जनाइएको छ । 

काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने सो प्रदर्शनीमा नेपाल विद्युत् प्राधिकरण सहयोगी संस्थाका रूपमा सहभागी रहने भएको छ । 

विद्युतीय सवारीसाधनको महत्त्व दिनप्रतिदिन बढ्दै गएको र यस्ता सवारीसाधनको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जलविद्युत्को उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउनसमेत प्रदर्शनीले सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ । मेलामा ५१ वटा स्टल र ब्लक रहनेछन् ।