• ६ चैत २०८०, मङ्गलबार

स्वर्णिमालाई ‘नेपाल किड्स आइकन’को उपाधि

blog

नेपाल किड्स आइकन २०२२ को विजेता स्वर्णिमा जोशी

गोरखापत्र अनलाइन 

काठमाडौँ, भदौ २७ गते । नेपाल किड्स आइकन २०२२ को विजेता स्वर्णिमा जोशी हुनुभएको छ । ‘सिनियर गर्ल्स’ तर्फ १४ जना प्रतिस्पर्धीलाई उछिन्दै उहाँ विजयी हुनु भएको हो । 

एएनपी मिडिया हाउसले आयोजना गरेको उक्त प्रतियोगितामा स्वर्णिमाले शीर्ष उपाधिसहित ‘माेस्ट फोटो जेनिक’ को उपाधिसमेत आफ्नो नाममा पार्न सफल हुनुभयो । चार समूहमा विभाजन गरी आयोजना गरिएको यस प्रतियोगितामा ६० जना अन्तिम प्रतिस्पर्धी सहभागिता रहेको थियो  । प्रतियोगिताको ‘जुनियर गर्ल्स’ तर्फ रिया थापा, ‘टिन गर्ल्स’ तर्फ प्रसिद्धि जोशी र ‘ब्वाइज ग्रुप’ तर्फ मियोद महर्जनले उपाधि जित्नु भएको थियो ।  

आयोजक लवबहादुर कार्कीले बालबालिकाको व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकालाई नैतिक शिक्षा, आत्मविश्वास तथा आम मानिस अगाडि कसरी बोल्नुपर्छ भन्ने प्रशिक्षण दिइएको थियो । 

अन्तिम प्रतिस्पर्धाका विजेतालाई ताज तथा विभिन्न पुरस्कार प्रदान गरिएको कार्कीले जानकारी दिनुभयो । सुमी बानियाँको कोरियोग्राफी रहेको यो प्रतियोगिता ११औँ संस्करण हो ।