• ६ चैत २०८०, मङ्गलबार

नेपाल–चीनबीच ६ बुँदे सहमति

नेपालको संघीय संसद र चीनबीच भएको समझदारीपत्र (पूर्णपाठ)

blog

प्रतिनिधिसभाका सभामुख सापकोटा र अध्यक्ष लीबीच समझदारीपत्रमा हस्ताक्षर हुँदै । तस्बिर : सुजन गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २७ गते । नेपालको संघीय संसद्को प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कंग्रेसबीच अन्तर संसदीय सहयोग सम्बन्धी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । 


नयाँ बानेश्वरस्थित संघीय सदनमा आयोजित भेटपछि सो समझदारीपत्रमा हस्ताक्षर भएको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ । समझदारी पत्रमा भनिएको छ, “दुवै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एक अर्काको स्वतन्त्रता सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको मूल हित र महत्त्वपूर्ण सरोकारका साथ दिन सहमत भएका छन् ।”


सोहीअनुसार दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुराउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदान प्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्नेछन् । 

हेर्नुहोस् समझदारीपत्रको पूर्णपाठ –