वीरगंज नाकाबाट इन्धन ढुवानी सुचारु





पर्सा,  वैशाख ३१ गते। ट्याङ्कर चालकले अवरुद्ध गरेको इन्धन ढुवानी आज दिउँसोपछि सुचारु भएको छ ।

नेपाली ट्याङ्कर चालकलाई कुटपिट गरेका रक्सौलस्थित भारतीय प्रहरीका प्रहरी निरीक्षक राजश्वरप्रसाद साहलाई त्यहाँबाट हटाइएपछि भारतको बरौनीबाट नेपालका लागि इन्धन ढुवानी सुचारु भएको हो ।

दोषी प्रहरीलाई कारबाही र ट्याङ्कर चालकलाई सुरक्षाको प्रत्याभूति गराएपछि ढुवानी सुचारु भएको नेपाल आयलनिगम क्षेत्रीय कार्यालय अमलेखगन्जका प्रमुख खिलेन्द्र कार्कीले जानकारी दिनुभयो । आज वीरगन्जबाट रक्सौल नाका हँुदै ३० वटा ट्याङ्कर बरौनीका लागि पठाइएको उहाँले बताउनुभयो ।

रक्सौल पुलिसका निरीक्षक साहले माग गरेको घुस रकम दिन नमानेपछि ट्याङ्कर चालकलाई कुटपिट गरी घाइते बनाएको विरोधमा ट्याङ्कर चालकहरुले हिजो बिहानैदेखि ढुवानी अवरुद्ध गरेका थिए । घुस नदिएपछि तलागार तीन दिनदेखि ट्याङ्कर चालकलाई भारतीय सुरक्षाकर्मीले कुटपिट गर्न थालेपछि सुरक्षाको माग गर्दै चालकहरुले इन्धन ढुवानीलाई अवरुद्ध गरेका थिए ।

बरौनीबाट वीरगन्ज नाका हँुदै दैनिक ४० देखि ४५ ट्याङ्कर डिजेल, पेट्रोल तथा हवाई इन्धन भित्रिने गरेको नेपाल आयल निगमले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना