• ६ चैत २०८०, मङ्गलबार

२४ घण्टामा १७९ जनामा कोरोना पुष्टि, एकको मृत्यु

blog

काठमाडौं, भदौ २७ गते ।  पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार  चार हजार ९५९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १७९ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार दुई हजार छ सय जनाको पीसीआर परीक्षणबाट १२७ र दुई हजार ३५९ जनाको एन्टीजेन परीक्षणमा ५२ कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा १७१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २७१ जना रहेका छन् ।