• ६ चैत २०८०, मङ्गलबार

आइएसको आक्रमणबाट छ जनाको मृत्यु

blog

दमासकस , भदौ   २७ गते । सिरियाको हासकाह प्रान्तमा आइएसको आक्रमणमा परी कम्तीमा पनि छ जना नागरिकको ज्यान गएको छ । यहाँको हासकाह प्रान्तमा आइतबार सडकमा सवारी साधनमा रहेका नागरिकमाथि हमला गरेर ती व्यक्तिको ज्यान लिएका हुन् ।

आइएसका आतङ्ककारीहरूले सडकमा रहेका नागरिकलाई एम्बुसमा पारेर हत्या गरेका हुन् । मारिएका व्यक्ति को हुन् भन्ने बारेमा भने अझै खुलेको छैन ।

पछिल्लो समयमा आइएस आतङ्ककारीहरूले सडकमै एम्बुस थापेर व्यक्ति हत्या गर्ने गरेका छन् ।

यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार आइएसहरुले सन् २०२२ सुरुबाट हालसम्म एक सय ३० वटा एम्बुस आक्रमण गरेका थिए । ती आक्रमणहरूमा परेर एक सय भन्दा बढी सर्वसाधारण मारिएका छन् ।  रासस/सिन्ह्वा