• ६ चैत २०८०, मङ्गलबार

श्रीलङ्कालाई छैटौँ पटक एसिया कप उपाधि

blog

उपाधिसहित श्रीलंकन टोली ।

काठमाडौं, भदौ २७ गते । एसिया कप टी-२० क्रिकेटको उपाधि आयोजक श्रीलङ्काले जितेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति भएको खेलमा श्रीलङ्काले पाकिस्तानलाई २३ रनले हरायो । श्रीलङ्काले छैटौँ पटक एसिया कप जितेको हो । 

श्रीलङ्काले दिएको एक  सय ७१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा सहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन एक सय ४७ रनमात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ५५ रन बनाउनुभयो ।  इफ्तिखर अहमेदले ३२ र हरिस राउफले १३ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । बलिङमा श्रीलङ्काका प्रमोद मधुसनले चार  विकेट लिनुभयो । वानिन्दु हसरंगा डी सिल्भाले तीन तथा  चामिका करुनारत्नेले दुई विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । श्रीलङ्काका लागि भानुका राजपाक्षेले अविजित ७१ रन बनाउनुभयो । वानिन्दु हसरंगा डी सिल्भाले ३६, धनञ्जय डी सिल्भाले २८ र चामिका करुनारत्नेले अविजित १४ बनाउनुभयो । 

बलिङमा पाकिस्तानका हरिस राउफले तीन विकेट लिनुभयो । निशम शाह, शादब खान र इफ्तिखर अहमेदले एक एक विकेट झार्नुभयो । आठ वर्षपछि एसिया कप उपाधि जितेको श्रीलङ्काले यसअघि सन् २०१४ मा पाकिस्तानलाई नै हराएर उपाधि जितेको थियो । पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेर पराजित भयो । एजेन्सी