• ६ चैत २०८०, मङ्गलबार

चाडपर्व लक्षित बजार अनुगमनका लागि निर्देशन

blog

मुख्यसचिव शङ्करदास वैरागी । फाइल तस्बिर

काठमाडौँ, भदौ २६ गते । चाड पर्व नजिकिँदै गर्दा आवश्यक उपभोग्य वस्तुहरुको व्यवस्थापन र बजार अनुगमनका लागि नेपाल सरकारले सम्बन्धित मन्त्रालय र निकायलाई सक्रिय तुल्याएको छ।

नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन प्रणाली, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा आसन्न चाडपर्वमा वस्तु तथा सेवाको सहज आपूर्ति र व्यवस्थापनका विषयमा केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ६२औँ बैठकले सो निर्देशन दिएको हो ।

बैठकले बजार अनुगमनका लागि सूचना सङ्कलन, प्रविधिको प्रयोग र जोखिममा आधारित बनाउने सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मापदण्ड तयार गरी अनुगमन प्रणालीको अभिवृद्धि गर्ने, सार्वजनिक यातायातको भाडा दर, यात्रु सिट, क्षमताका आधारमा अनलाइन टिकेटिङको अगुगमन गर्न निर्देशन दिएको छ । सो मन्त्रालयले अत्यावश्यक वस्तुको पाक्षिक मूल्यसूची अद्यावधिक प्रोफाइल तयार गर्नुपर्नेछ । 

कोभिडसम्बन्धी स्वास्थ्य मापदण्ड र डेङ्गु रोग नियन्त्रण तथा उपचारको प्रभावकारी कार्यक्रम सञ्चानलन गर्न गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिई व्यवस्था मिलाउने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा स्वास्थ्य संस्थाहरुमा आवश्यक उपकरणको उपलब्धबारे अनुगमन गर्न भनिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महादेव पन्थले जानकारी दिनुभयो ।