माघ ८ मै संविधान जारी गर्न प्रतिवद्ध संसदीय कोषको लगानी शिक्षामा मात्र

Tejulal chaudharyमाला कर्ण सप्तरी, मंसिर ९ गते । सप्तरी क्षेत्र न. ५ का संविधान सभा सदस्य तेजुलाल चौधरीले माघ ८ मै संविधान जारीगर्न आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो । 

सप्तरीको राजविराजमा पत्रकार सम्मेलनको आयोजनागरी उहाँले साझा प्रस्तावमा देखिएको विवादलाई तत्काल समाधान गरी तराई मधेशको भावनालाई समेटनेगरी राज्यपुनरसंरचना र निर्वाचन प्रणाली ल्याउनुपर्ने बताउनुभयो ।
राज्य पुनरसंरचनाको सवालमा काँग्रेसको नवलपरासीमा सम्पन्न महाधिवशेनकोे निष्कर्ष पनि तराई–मधेसमा बढीमा तीन र पहाड–हिमालमा चारवटा प्रदेशसम्म बनाउन सक्ने रहेको छ । र सोही निर्णय अनुसार हामी आफ्नो अडानमा छौं ।’ सभासद् चौधरीले भन्नुभयो, ‘हाम्रो मुख्य माग तराई मधेसमा प्रदेश बनाउूदा त्यसको सीमा भित्री मधेस अथार्त् चुरेसम्म हुनेछ, पार्टीले आफुहरुको मागलाई वेवास्ता नगर्नेमा हामी विश्वस्त छौं ।’
निर्वाचन प्रणालीमा समेत हाम्रो आपत्ती रहेको भन्दै सभासद् चौधरीले भने, ‘यसबारे पनि ठोस छलफल हुन बाँकी छ, संसद खुलेपछि यस विषयमा पनि ब्यापक छलफल हुनेछ ।’
उहाँले भन्नुभयो ‘हाम्रो प्रमुख काम संविधान निर्माण हो, तर संविधान निर्माणसँगै विकासीय गतिविधिलाई समेत अगाडी बढाउनुपर्छ ।’
सभासद चौधरीले पत्रकार सम्मेलनमा संसदीय विकास कोषमा आउने रकमबाट आफू निर्वाचित क्षेत्र न. ५ मा शैक्षिक क्षेत्रमा लगानी गर्ने बताउनुभयो । उहाँले त्यसको विभिन्न योजनाहरु समेत सार्वजनिक गर्नुभएको छ । उहाँको योजना अनुसार शैक्षिक सत्र २०७१ को प्रवेशिका (एस एल सी) परीक्षामा सप्तरी ,क्षेत्र नं. ५ भरिएका संस्थागत तथा सामुदायिक विधालयहरुबाट नियमित तर्फ उत्तीर्ण गर्ने हरेक छात्रालाई प्रोत्साहन स्वरुप जनही १÷१ वटा साइकल प्रदान गरिने, एस.एल.सी परीक्षामा ५०% वा सो भन्दा बढी विधार्थी उत्तीर्ण गराउने सामुदायिक विधयालयहरुलाई रु. १ लाख बराबरको शैक्षिक सामग्री वा विधालयले चाहेको भैतिक संसाधन खरिद गरि प्रदान गरिने, एस.एल.सी परीक्षमा आफ्नो विषयमा ७५ % भन्दा बढी विधार्थी उत्तीर्ण गराउने सामुदायिक विधयालयका शिक्षकहरुलाई कदर पत्र सहित जनही ५÷५ हजार रुपौँया नगद पुरस्कार गरिने , क्षेत्र नं. ५ भरिमा उत्कृष्ट ठहरिने वा ५०% भन्दा बढी विधार्थी उत्तीर्ण गराउने विधालयका प्र.अ हरुलाई जनही १० ÷१० हजार रुपौँया नगद पुरस्कार र सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मानित गरिने, सामुदायिक विधयालयबाट विशिष्ट तथा प्रथम श्रेणीमा उत्तीर्ण गर्ने विधार्थीहरुमध्ये उत्कृष्ट १० जनालाई ‘नाइटिड्डेल उमावि, कुपण्डोल ललितपुरमा कक्षा ११ र १२ (दुई बर्ष) अध्ययन गर्नका लागि विषेश व्यवस्था गरिने कार्यक्रम पत्रकार सम्मेलनमा सार्वजनिक गर्नुभयो ।
उपरोक्त कार्यहरु पूरागर्नको लागि आफूले विद्यालयका प्रअहरुसाग निरन्तर अन्तरक्रिया तथा विद्यालयमा योजनावद्ध क्रियाकलापहरु अपनाउने कार्यक्रमहरु भईरहेको समेत उहाँले पत्रकार सम्मेलनमा जानकारी गराउँनु भयो ।
एसएलसी परीक्षामा राम्रो नतिजा प्राप्त गर्न साप्ताहिक रुपमा हरेक शनिवार विद्यालयले परीक्षा लिने, परीक्षा भएको तीन दिनभित्र परीक्षण गरिएको उत्तर पुस्तिका सम्बन्धित शिक्षकले विद्यालयमा बुझाउनुपर्ने र त्यसको स्पष्ट अभिलेख विद्यालयमा राख्नुपर्ने तथा उत्तरपुस्तिका परीक्षण वापत सम्बन्धित शिक्षकलाई प्रति उत्तर पुस्तिका पारिश्रमिक उपल्ब गराउने तर हरेक उत्तर पुस्तिकामा घटीमा पाूच बुूदै विद्यार्थीले सुधार गर्नुपर्ने क्षेत्र तोकेर सुझाव दिनुपर्ने नियम लगाउनु आवश्यक भएको सभासद् चौधरीले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना