सरकारी कर्मचारीमा बढ्दो अराजकता - एलडिओ कुट्ने गाविस सचिवको रिहा माग गर्दै कार्यालयहरु बन्द


सिकेन्द्र पासवान
बारा, वैशाख २८ गते ।  वेनौली गाउँ विकास समितिका  सचिव रामानन्द रौनियारको रिहाईको माग गर्दै कर्मचारीहरुले जिल्ला बिकास समितिको कार्यालयमा धर्ना दिएका छन् । यसैगरी सदरमुकाम कलैयामा रहेका   सरकारी कार्यालयहरु पनि  बन्द गरिएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी संगठन, स्थानीय निकाय कर्मचारी संघ, गाविस सचिव हकहित संरक्षण केन्द्रका कर्मचारीले आजदेखि कार्यालय बन्द गरेका हुन् । धर्ना र बन्दका कारण सेवाग्राहीहरु मर्कामा परेका छन् ।  
गाविस सचिव रौनियारलाई बिनाशर्त रिहाई नगरिएसम्म आन्दोलन जारी रहने नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष अशोक रौनियारले बताउनुभयो ।
स्थानीय विकास अधिकारी नारायणप्रसाद पाण्डेलाई गाबिस सचिव रौनियारले  हातपात गरेको आरोपमा  आइतबार जिल्ला बिकास समितिको कार्यालयबाट प्रहरीले पक्राउ गरेको आरोप ती कर्मचारीहरुको रहेको छ ।
स्थानीय बिकास अधिकारी नारायणप्रसाद पान्डेयले आफुलाई कार्यालय परिसरमा सचिव रौनियारले कुटपिट गरेको भन्दै   सार्वजनिक अपराधमा मुद्दा दर्ता गराएको हँुदा  सार्वजनिक अपराध ऐन २०२७  अन्तर्गत मुद्दा प्रक्रिया अगाडी बढाईएको र मुद्दा नटुंगेसम्म सम्म रिहा गर्न नमिल्ने   बाराका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना