• १६ चैत २०८०, शुक्रबार

रेशम र आशाको दशैँ गीत 'आउन पाइन सम्झेर नरुनु'

blog

काठमाडौं, २६ भदौ । गायक रेशम थापा नारायण र गायिका आशा लामाको स्वरमा लोक दोहोरी गीत 'आउन पाइन सम्झेर नरुनु' सार्वजनिक भएको छ । काठमाडौं डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको यो गीत ज्ञानमाला म्युजिक प्रालीबाट सार्वजनिक गरिएको हो । 

म्युजिक भिडियोमा बेवारिसे शव व्यवस्थापन गर्दै आउनुभएका विनयजंग बस्नेत, उहाँकी धर्मपत्नी पूजा विश्वकर्मा र आशा लामाको मुख्य अभिनय रहेको छ । गीतको निर्देशन निरज श्रेष्ठले गर्नुभएको हो ।