• ६ चैत २०८०, मङ्गलबार

जनता आवासमा लगानी, वालुवामा पानी

जनता आवास कार्यक्रमबाट बनेका घर मान्छे नबस्दै जीर्ण

blog

जनता आवास कार्यक्रमले निर्माण गरेको घरहरु । तस्बिर : राजन रावत

राजन रावत

हुुम्ला, भदौ २६ गते । जनता आवास कार्यक्रमबाट निर्माण भएका घरहरु सेवाग्राही नबस्दै जीर्ण भएका छन् ।  डिजाइन इष्टिमेटअनुुसार निर्माण भएका घरमा सेवाग्राहीले बस्न नमान्दा घरहरु जीर्ण बनेका हुन् ।  

खार्पुनाथ गाउँपालिका –५ को याङ्चुु गाउँका दलित समुदायका लागि निर्माण गरिएका २६ घरको चार वर्ष पुगेको छ । तर हालसम्म एक जना पनि सेवाग्राही ती घरमा बसाई सार्नुभएको छैन् । सेवाग्राही रतन कामीले अपायक पर्ने स्थानमा घर निर्माण भएकाले नयाँ बनेको घरमा कोही नसरेको बताउनुुभयो । सो स्थानमा भुुतप्रेत तर्साउने भएकाकारण आफूहरुले सो ठाउँमा बस्न नमानेको उहाँको भनाई छ 

गाउँपालिका अध्यक्ष कर्णबहादुुर रावलले पुराना र जीर्ण घरमा बस्दैआएका दलित समुदायका लागि गाउँपालिका केन्द्रसँगै जोडिएको स्थानमा घर निर्माण भएको भए पनि कसैले बस्न नमानेको बताउनुुभयो । नयाँ निर्माण भएका घरमा सेवाग्राही बस्नका लागि हरेक जुक्ति लगाउँदा पनि कुनै सीप नलागेको उहाँले बताउनुुभयो । 

हाल अधिकांश घरका झ्याल ढोकाको काठ चोरी भएको छ । कुनैको गाह्रो समेत भत्कन थालेको अबस्थामा रहेको उहाँले बताउनुभयो । खानेपानीको धारा र शौचालय समेत ती घरका लागि निर्माण गरिएका छन् । तर त्यो लगानी बालुुवामा पानी सरह भएको उहाँको भनाइ छ । कार्यक्रमले एउटा घर निर्माणका लागि साढे दुुई लाख रुपियाँ लगानी गरेको उहाँले बताउनुभयो । घर निर्माणमा सेवाग्राहीको जनश्रमदान पनि रहेको बताउनुभयो ।