• ६ चैत २०८०, मङ्गलबार

६१ वटा कुखुरा मार्ने चितुवा, कृषकबाट मारियो

blog

चितुवा र घाइते युवाको गुल्मी अस्पतालमा उपचार हुँदै गर्दा । तस्विर – तिलाचन पाण्डे

तिलाचन पाण्डे

तमघास, भदौ २६ गते। गुल्मीमा कुखुरा खाएर स्थानीयलाई हैरान बनाउने चितुवा मारिएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवरले फार्ममा छिरेर कुखुरा खाने चितुवा मार्नुभएको हो। 

आइतबार बिहान कुखुराको फर्ममा पुग्दा चितुवाले आक्रमण गरेपछि कुँवरले घरेलु हतियार प्रहार गरेपछि चितुवा घाइते भएको थियो। चितुवाले पटकपटक आक्रमण गरेपछि करिब १० मिनेट चितुवासँग घम्साघम्सी भएको बताएको भाइ लेखराज कुँवरले जानकारी दिनुभयो।

यता, डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाका अनुसार अहिले चितुवाको घटनास्थलमा मुचुल्का लिने काम सकिएको बताउनुभएको छ। मृत चितुवाको व्यवस्थापन गर्ने कार्य अगाडि बढाउने तयारी भएको उहाँको भनाइ छ। 

घाइते कुँवरको गुल्मी अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था सामान्य रहेको गुल्मी अस्पतालले जनाएको छ। चितुवाले कुखुरा फर्ममा रहेका ६१ वटा कुखुरा मारेको छ।