अर्काे आन्दोलनको मुडमा संघीय गठवन्धन


माला कर्ण
सप्तरी, बैशाख २८ गते । अबको आन्दोलनमा सम्पूर्ण शक्ति एकजुट रहेकोले यहि आन्दोलनले देशको भाग्य र भविष्य निर्धारण गर्ने राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरद सिंह भण्डारीले बताउनुभएको छ ।
जेठ २ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघिय गठबन्धनले राखेको सिंह दरबार घेराउ कार्यक्रमको सिलसिलामा राजविराज आउनुभएका भण्डारीले मंगलबार पत्रकार सम्मेलन गरी यस्तो बताउनु भएको हो । पत्रकार सम्मेलनमा उहाँले नश्लिय चरित्रको यो सरकार नेपालको इतिहासमैं देशको अस्तित्व र प्रगतीको बाधक रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकारको प्रधानमनत्री देशको मानसिक र वैचारिक विभाजनमा लागेको जिकिर गर्दै राष्ट्रिय सहमतिको सरकारको विपक्षमा रहेको स्पष्ट्याउनु भयो ( लोकतन्त्रलाई वचाई राख्न तथा देश र जनताको हितका लागि वलियो प्रतिपक्ष चाहिन्छ’, त्यसैले राष्ट्रिय सहमतिको सरकार गठनको कुरा नै अलोतान्त्रिक चरित्रको उपज हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना