• ६ चैत २०८०, मङ्गलबार

सचिव पौड्याल भारत जानुहुने

blog

काठमाडौँ, भदौ २६ गते । परराष्ट्र सचिव भरतराज पौड्याल विदेश सचिवस्तरीय बैठकमा सहभागी हुन भारत भ्रमणमा जानुहुने भएको छ। 

भारतका विदेश सचिव विनयमोहन क्वात्राको मैत्रीपूर्ण निमन्त्रणामा सचिव पौड्याल भारत भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँ यही भदौ २८ र २९ गते भारत भ्रमणमा रहनुहुने जनाइएको छ। भ्रमणका क्रममा दुई देशका विदेश सचिवबीच द्विपक्षीय बैठक हुनेछ। सो अवसरमा नेपाल–भारतबीच भएका सहकार्य र साझेदारीका विभिन्न पक्षमा छलफल हुनेछ।