जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बाबियाचौर , वैशाख २७ गते । म्याग्दीको निस्कोटमा आज दिउँसो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

दरबाङबाट निस्कोट जाँदै गरेको ग१ज ५१०६ नंको बोलेरो जिप निस्कोट–४ कोदालीवाङको भलाबिसौनाको भिरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाँच जनाको घटनास्थलमै मृत्यु भएको र पाँच जना घाइतेलाई उपचारका लागि एम्बुलेन्समा राखेर बेनी ल्याउँदै गरिएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।

मृतक र घाइतेको पहिचान खुलेको छैन । घाइते हुनेमा तीन जना महिला र दुई जना पुरुष छन् । स्थानीय बासिन्दाले दुर्घटनाको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी टोली घटनास्थल पुगेर शव सङ्कलन तथा उद्धार गर्न सुरु गरेको छ ।

घटनास्थलको प्रकृति हेर्दा घुम्तीमा जिप घुमाउन नसकेर पछाडितिर करिब १०० मिटर तल खसेको घटनास्थलमा रहेका स्थानीय बासिन्दा घनबहादुर पुनले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना