न्युयोर्कमा गीति एलबम दीपको लोकार्पण


विजय थापा

न्युयोर्क , वैशख २७ गते । को सन्निसाइडस्थित मालिङ्गो रेष्टुरेण्टमा  आइतबार  वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे तथा नेपाली महावाणिज्यदूत नारायणप्रसाद मैनालीबाट गीति एलबम दीपको लोकापर्ण भयो ।
साहित्यकार गीता खत्रीका शव्दहरुलाई उदीयमान गायिक पविता परियारको स्वर तथा संगीतकार जय कुमार, हरि लम्साल, यस कुमार, महेश खड्का, बसन्त सापकोटा, उदय सोताङ्गले संगीतवद्ध गर्नु भएको गीतहरु छन् ।

उक्त कार्यक्रममा भाग लिन बाल्टीमोर, भर्जिनिया, कनेक्टिकट तथा कोलाराडोबाट समेत साहित्यप्रेमी नेपाली दाजुभाइ दिदिबहिनीहरुको उपस्थिति थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै तुलसी घिमिरेले अमेरिकातिर बस्नेले पैसाको भरमा मात्र साहित्य लेख्ने गर्छन भन्ने नेपालतिरको हेराइ र दृष्टिकोण गलत रहेछ । यता बस्नेले साहित्य सिर्जना गर्दा अझ कठीन भएको आफुले पाएको बताउनु भयो ।  

कार्यक्रमका अवसरमा स्रष्टा र गायिकाको सम्बन्धमा छोटो भिडियो परिचय प्रस्तुत गर्नुका साथै दुइवटा भिजुलाइज गरिएका दुइवटा गीतहरु तथा कलाकार यशोदा राई र सानी कलाकार सिमरोन अधिकारीले  नृत्य प्रदर्शन गरिएका थिए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना