• ६ चैत २०८०, मङ्गलबार

साताका सात तस्बिर

blog

जलमग्न माइतीघर मण्डलामा कष्टपूर्ण ढंगले बाटो काट्दै पैदलयात्रु र पानीमा फसेका सवारी साधन। तस्बिर : सुजन गुरुङ


शुक्रबार वर्षामा जलमग्न माइतीघर मण्डलामा स्टार्ट बन्द भएपछि सवारी साधनलाई धकेल्दै ट्राफिक प्रहरी। तस्बिर : केशब गुरुङ 


डोटीको पूर्वीचौकी गाउँपालिका–२ बग्लेगमा खानेपानी आयोजनाले थुपारिराखेका पाइपमा खेल्दै बालबालिका। प्राकृतिक रुपमा सुन्दर बग्लेग क्षेत्र सडक यातायातले छोएसँगै यस क्षेत्रमा घुम्न आउनेको सङ्ख्या बढ्दै गएको छ। तस्बिर : डिलबहादुर सिंह। 


आइतबार गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा मौलिक गरगहनामा सजिएकी एक महिला।   तस्बिर : केशब गुरुङ


सोमबार स्वयम्भूमा फोटोका लागि पोज  दिँदै एक युवक। तस्बिर : कविन अधिकारी


महाकाली लास्कुखोलामा आएको बाढीले क्षति पुर्‍याएको क्षेत्र । तस्बिर : लोकेन्द्र जोशी


इन्द्रजात्राको अवसरमा शुक्रबार वसन्तपुर क्षेत्रमा पुग्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट अतिथि र सर्वसाधारण। तस्बिर : केशब गुरुङ