शहरबाट गाउँ फर्कन थाले कोरियालीहरु




काङ यून–सिओङ
सिओल, वैशाख २६ गते। दक्षिण कोरियाको राजधानी सहर सिओलको एक कार्यालयका श्रमिक ४६ वर्षीय सिओ कू–बोन आजभोलि गाउँतिर बसाईं सरेर नयाँ जीवन आरम्भ गर्ने सपना बुन्न थालेका छन् । गाउँमा आजीवन रोजगारी पाइने र बालबच्चालाई पनि स्वस्थ वातावरण प्राप्त हुने विश्वास उनको छ ।
“मेरा स–साना दुईजना केटाकेटी छन् । उनीहरुका लागि पनि मैले गाउँमा कृषि क्षेत्रमा रोजगारी पाउने आशा गरेको छु जसले दिर्घकालसम्म रोजगारी दिन सक्छ,” सिओ भन्छन् । “हुनत मैले विस्तृत योजना बनाइसकेको छैन, तर म यसको तयारीमा लागिसकेको छु ।”
सिओ समेतका सयौं व्यक्तिहरु हालै सिओलमा कोरियाली समाचार संस्था योन्हाप र कृषि मन्त्रालयले आयोजना गरेको “वाई–फार्म एक्स्पो २०१६” मा अवलोकनका लागि आइपुगेका थिए । “भविष्यका लागि कृषि, खुशीयालीका लागि गाउँ फर्कौं” विषय राखेर आयोजित सो प्रदर्शनीमा ७५ वटा प्रान्तीय र स्थानीय सरकारका अधिकारी र कृषकहरुले गाउँको कृषि व्यवसायका फाइदाका बारेमा सिओ समेत सिओलका अन्य निवासीहरुलाई जानकारी गराएका थिए ।
मुलुकभरका स्थानीय निकायहरु नगर क्षेत्रबाट अवकाश हुन लागेका व्यक्तिहरुलाई आकर्षित गर्न प्रदर्शनीमा विभिन्न नीति र सहुलियत सहित भेला भएका थिए, किनभने कोरियाको ग्रामीण क्षेत्रको जनसंख्यामा निरन्तर कमी आएर समस्या उत्पन्न हुँदैछ ।
जति बढी संख्यामा कृषकहरु बुढ्यौलीमा प्रवेश गर्दछन् प्रान्तीय अर्थतन्त्रको वृद्धिमा त्यही अनुपातमा असर परिरहेको छ । कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको अध्ययन अनुसार, ग्रामीण क्षेत्रको १४ वर्षमुनिको जनसंख्या सन् १९७० मा ६२ लाख ७० हजार थियो तर त्यो घटेर सन् २०१३ मा १ लाख ९७ हजारमा आइपुगेको छ । दक्षिण कोरियाली फर्ममा कार्यरत जनसंख्या पनि २८ लाख ४० हजारमा खुम्चिएको छ जबकी सन् १९७० मा त्यो जनसंख्या १ करोड ४४ लाख थियो ।
विगत दशकदेखि नै एसियाकै चौथो सबैभन्दा ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाको औद्योगिक विकाससँगै ठूलो संख्यामा गाउँबस्तीमा रहेबसेका मानिसहरु रोजगारीको खोजीमा सहरमा आइपुगेका हुन्, तर केही वर्षदेखि कतिपय मानिसहरु गाउँ फर्कन थालेका छन् र यो क्रम बढ्दो छ । यसले क्षेत्रीय अर्थतन्त्रको महत्वलाई स्थापित गर्न थालेको बुझ्न सकिन्छ ।
दक्षिण कोरियाको ठूलो जनसंख्या अहिले गाउँमा खुलेका फर्ममा काम गर्न थालेका छन् । कोरिया तथ्याङ्क ब्यूरोका अनुसार, सहरबाट गाउँतर्फ बसाईं सर्ने घरपरिवारको संख्या सन् २०१४ मा ४४,५८६ थियो, जुन अघिल्लो वर्षको तुलनामा ३७।५ प्रतिशतले बढी हो । औद्योगिक क्षेत्रका विज्ञहरुको भनाइमा यो क्रम सन् १९९० को दशकबाट आरम्भ भएको हो । त्यसपछि, एसियाली आर्थिक संकटसँगै सहरी जनसंख्या गाउँतर्फ जान थालेको हो ।
दक्षिण कोरियालीहरुको गाउँफर्क अभियान भने भिन्न किसिमको छ, किनभने उनीहरु उद्योगले उपलब्ध गराउने रकमभन्दा गाउँघरको स्वच्छ वातावरणबाट बढी नै लोभिएका हुन् । प्रान्तीय सरकारहरुले गाउँघरमा बस्न रुचाउनेहरुका लागि अनेक किसिमका सहुलियत र सुविधाहरु पनि घोषणा गरिरहेका छन् । उदाहरणका लागि, साउथ गियोङसाङ प्रोभिन्सका नगर क्षेत्रहरुले घर निर्माण र मर्मतका लागि प्रत्येक परिवारलाई ३० लाख वनदेखि ५० लाख वन ९दक्षिण कारियाली मुद्रा० उपलब्ध गराइआएको छ ।
कोरियाको दक्षिणी सहर जेजुले पनि उपकरण खरिदका लागि ३० लाख वनका अतिरिक्त घर मर्मतका लागि ५० लाख वनसम्म उपलब्ध गराउँछ ।
कृषि मन्त्रालयका अनुसार, स्मार्ट फर्म प्रविधिको प्रयोगकर्ता स्थानीय फर्महरुको उत्पादन र नाफा क्रमशः २५।२ प्रतिशत र ३०।६ प्रतिशतसम्म हुने गरेको छ, जबकी कर्मचारीहरुमा हुने खर्च ९।५ प्रतिशतले कमी आएको छ ।
ग्रामीण विकास प्रशासनमा कार्यरत अनुसन्धाता होङ योङ–की भन्छन् – प्रविधिमा भएका पछिल्ला विकासले खेती किसानीको कार्यमा विगतमा भन्दा कैयौं गुणा सहज बनाइदिएको छ । उनी भन्छन्, “हामीसँग भएको एउटा प्रविधिले नयाँ किसानहरुलाई फर्ममा पानी, सूर्यको प्रकाश र आद्र्रताको उपयुक्त मात्रा निर्धारण गर्नेगरी तथ्यांकहरु उपलब्ध गराउँछ । हामी स्थानीय किसानबाट राम्रो उत्पादन कसरी सम्भव छ भनी तथ्याङ्क सङ्कलन गर्दछौं, र अरु किसानलाई पनि त्यही कुरा सिकाउँछौं ।”
”पहिलो पटक फर्ममा काम गर्न उत्सुक मानिसहरुलाई ज्ञान र सीपको अभाव हुन्छ । तर हामीसँग भएको प्रविधिको मद्दतले उनीहरुले पानी र मलखादको उपयोगका बारेमा राम्रोसँग जानकारी प्राप्त गर्न सक्छन्,” होङ भन्छन् । स्थानीय सुपरमार्केटले पनि यो प्रदर्शनीमा भाग लिएका थिए, र उनीहरुले नयाँ किसानका उत्पादन खरिद गर्ने तत्परता देखाएर नयाँ उत्साह थपेका थिए ।
“सम्भाव्य किसानहरुले आफूले उत्पादन गर्न चाहेका फसलका बारेमा गहिरो अध्ययन गर्नु पनि आवश्यक छ,” आलु उत्पादक कृषक महिला काङ बोराम भन्छिन् । जिओला प्रान्तकी उनले तीन वर्षदेखि निजी फर्म सञ्चालन गरिआएकी छ्न् ि।
“मानिसहरुको सोचाई छ कि कृषि निकै सजिलो पेशा हो । अरुहरुको विचारमा कृषिमा देखा परेका समस्यालाई शारीरिक कार्यबाट समाधान गर्न सकिन्छ । यही गलत सोचाईका कारण कैयौं नयाँ किसानहरुले नयाँ जीवन आरम्भ गर्न नसकेका हुन्,” काङ भन्छिन् । ”खेती किसानीको कामका लागि अझ बढी शिक्षा अपरिहार्य छ ।” रासस÷योन्हाप

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना