धादिङमा २४ हजार हेक्टरमा डढेलो





धादिङ, वैशाख  २६ गते। यस वर्ष गर्मी मौसम सुरु भएपछि जिल्लाका सामुदायिक, कबुलियती र सरकारी वनमा डढेलो लागेको छ ।

जिल्लाको कूल ९२ हजार ८५४ हेक्टर क्षेत्रफल वनमध्ये २३ हजार ९२५ हेक्टर डढेलोले सखाप पारेको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्ला वन कार्यालयले ६९१ वटा सामुदायिक वन उपभोक्ता समूहलाई २९ हजार ५० हेक्टर वन करिब ७१ हजार ६२ घरधुरीलाई हस्तान्तरण गरिसकेको छ ।

त्यस्तै ४५३ कबुलियती वनको एक हजार ७३१ हेक्टर वन तीन हजार ८७२ घरधुरीलाई हस्तान्तरण गरिसकिएको जिल्ला वन अधिकृत इमनाथ पौडेलले जानकारी दिनुभयो । डढेलो सम्बन्धी वन कार्यालयले चेतनामूलक कार्यक्रम र सूचना विभिन्न सञ्चारका माध्यमबाट प्रसारण गरे पनि डढेलो नियन्त्रणमा आउन सकेको छैन ।

वन जङ्गलमा डढेलो लगाउने व्यक्तिलाई वन ऐन २०४९ को दफा ५० को उप दफा १ को ९ख० अनुसार रु १० हजार जरिवाना तथा एक वर्षसम्म कैद वा दुबै सजाय हुने प्रावधान छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना