• ६ चैत २०८०, मङ्गलबार

लहान नगरपालिका उपप्रमुख महतो प्रहरीको नियन्त्रणमा

blog

लहान नगरपालिका उपप्रमुख राम चलितर महतो इलाका प्रहरी कार्यालय लहानमा । तस्बिर: जीबछ यादव

लहान, भदौ २५ गते । जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता भएपछि फरार रहेका लहान नगरपालिका उपप्रमुख राम चलितर महतोलाई प्रहरी नियन्त्रणमा लिइएको छ । 

इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरका अनुसार असार ४ गते २१ वर्षीया युवतीलाई जबर्जस्ती करणी गर्न खोजेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको बताउनुभयो । 

रोजगारी दिलाइदिन भन्दै उपप्रमुख महतोको कार्यकक्षमा पुगेकी युवतीमाथि उपप्रमुख महतोले कोठाको चुकुल लगाएर जबर्जस्ती गरेको प्रहरीमा उजुरी परेको थियो । असार ४ गते इलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएपछि प्रहरीले उपप्रमुख महतोको खोजी गरिरहेको थयो ।

उपप्रमुख महतो शुक्रबार प्रहरीसमक्ष आफैँ उपस्थित भएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 
Author

जीबछ यादव