चितवन सदरमुकामै पाठ्यपुस्तक अभाव



 शालिग्राम नेपाल
चितवन, वैशाख २६ गते । शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि चितवनको सदरमुकामका विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको पाइएको छ ।

जिल्लामा पाठ्यपुस्तक पुगे नपुगेको विषयमा अनुगमनको लागि आएको पाठ्यक्रम विकास केन्द्रको टोलीले सो सत्य पत्ता लागेको हो । सुगम जिल्लाका रुपमा परिचित चितवनको सदरमुकाम भरतपुरको एक विद्यालयमा कक्षा ६ देखि १० सम्मका विभिन्न विषयमा पुस्तकहरु नपुगेको विद्यालयका प्राचार्यले जानकारी दिएका छन् । पाठ्यक्रम विकास केन्द्र काठमाण्डौ, राष्ट्रिय शिक्षा विभाग, अभिभावक संघ लगायतको टोलीले आइतवार चितवनका विद्यालय, शिक्षा कार्यालयमा गरेका अनुगमन तथा छलफलका क्रममा सो जानकारी दिइएको हो ।

शैक्षिक सत्र सुरु भएको २६ दिन बितिसक्दा पनि नैतिक शिक्षा, सामाजिक, अंग्रेजी, नेपाली लगायतका पुस्तक नपाइएको हो । जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय चितवनको भरतपुरमा भए पनि कार्यालयबाट दुई किलोमिटर टाढाको चितवन उच्च माध्यमिक विद्यालयमा किताबको अभाव भएको छ । चितवन उ.मा.वि.का प्राचार्य मुक्तिनाथ लामिछानेका अनुसार अहिले पनि विद्यार्थीले किताव नपाएको बताउनु भयो । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई पुस्तकको अभाव नभएपनि ६ देखि १० सम्मको विद्यार्थीमा नैतिक, सामाजिक, कम्यूटर, विज्ञान, नेपाली, गणित विषयका किताव नपाएको जानकारी दिनुभयो । पुस्तकमा उल्लेख गरिएको चित्र प्रस्ट नभएको कारण विद्यार्थीलाई वुझाउनको लागि समस्या भएको उहाले बताउनु भयो ।

केन्द्रको टोली कितावको अवस्था, शुल्क, वितरण प्रणाली, मागको अवस्थाका विषयमा जानकारी लिनको लागि चितवनबाट अनुगमन सुरु गरेको छ । पाठ्यत्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलका अनुसार अनुगनका क्रममा चितवनमा कक्षा ५ सम्म कुनै समस्या नभएपनि त्यस माथि १० कक्षासम्मको लागि केही पुस्तक पाउन समस्या भएको देखिएको छ । जनक शिक्षा सामग्री केन्द्रमा पुस्तक आउने त्यहाँबाट विद्यालयसम्म लैजानको लागि ढुवानीकर्ताहरुको कारणबाट पनि समस्या आएको हुनसक्ने पाइएको बताउनु भयो ।

टोलीले गरेका अनुगमनका क्रममा निजी विद्यालयहरुमा वितरण प्रणालीमा समस्या नभएपनि सामाुदायिक विद्यालयमा भने समस्या भएको पाइएको हो । नेपाली र अंग्रेजी विषय अभाव हुनुमा निजी विद्यालयले पनि त्यही दुईवटा कितावमात्र लैजाने गरेकोले पनि पाउन समस्या भएको छ । नैतिक, सामाजिक विषयका कितावहरुमा अझैप नि छापिने क्रम चलिराखेकाले आउन समय लागेको पौडेलले बताउनु भयो ।

मुलुकभर एक करोड ९७ लाख किताव चाहिने भएपनि सो परिमाणमा छापी नसकेको बुझिएको छ । निमावि र मावि तहमा पुस्तकको अभाव कायम भएको छ । अझै १० लाख किताव छापिन बाँकी रहेको कारण वैशाख मसान्तसम्म समस्या समाधानको लागि पहल हुने पौडेलको भनाई छ । अहिले दैनिक एकलाख ३५ हजार किताव छापिदै आएको जानकारी दिनु भयो । केन्द्रले दिएको निर्देशन अनुसार यही वैशाख मसान्तसम्म अभाव भएका कितावहरु सवै स्थानमा पु¥याउने बताउनु भयो ।

निमावि र मावि तहको कितावमा अंग्रेजी र नेपाली किताव मात्र खरिद गर्न आउने अन्य विषय लैजान नमान्ने कारण विद्यालयमा पुस्तकको अभाव देखिएको जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय चितवनका लेखापाल केदारराज विष्टले जानकारी दिनु भयो । निजीमा ती पुस्तकको अभाव देखिए पनि सामाुदायिकमा भने वितरण गर्ने निकायले कमिसन थोरै आउने नाममा ढिला गर्दा समस्या भएको बताउनु भयो । क्षेत्रीय कार्यालय चितवनले नारायणी र लुम्विनी अञ्चलका ११ वटा जिल्लामा किताव वितरण गर्ने जिम्मा पाएको छ ।

निःशुल्क रुपमा विद्यार्थीलाई वितरण गर्ने पुस्तकको लागि यस वर्ष सरकारले एक अर्व ८५ करोड रुपियाँ खर्च गर्दैछ । कितावको अवस्थाको वारेमा आएको अनुगमनको टोलीले चितवन, मकवानपुर, वारा, पर्सा, हँुदै झापासम्मका जिल्लाको विवरणका वारेमा जानकारी लिदैछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना