आगलागीमा छ लाख बराबरको क्षति

सुन्दरदुलारी (मोरङ), वैशाख २६ गते  । विराटनगर–५ स्थित निर्मल कार्कीको गाईगोठमा आज बिहान आगलागी भएको छ । बिहान करिब ३ बजेतिर कार्कीको गोठमा अचानक आगलागी भएको हो । आगलागीबाट कार्कीको गोठमा रहेका चारवटा गाई, तीनवटा बाच्छी, एउटा बाच्छो जलेर मरेका छन् । आगलागीबाट कार्कीको टिनले बनेको गोठ तथा चौपाया जल्दा अन्दाजी रु छ लाख बराबरको क्षति भएको पीडितले बताएका छन् ।

आगलागी स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

रुखको हाँगाले लागेर पैदलयात्रीको मृत्यु

विराटनगर–२० स्थित दरैयाबस्तीमा शनिबार रुखको हाँगाले लागेर बाटोमा हिँड्दै गरेकी एक महिलाको मृत्यु भएको छ । अपराह्न ४ बजेतिर स्थानीय सरोज ढकालले बाटो छेउ जग्गामा रहेको रुखको हाँगो काट्ने क्रममा पैदल हिँड्दै गरेकी सोही ठाउँ बस्ने ६० वर्षीया सुमित्रा ठकुरीलाई हाँगोले लागेको थियो ।

गम्भीर घाइते महिलालाई उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएकामा महिलाको राति नै उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक जागेश्वर भण्डारीले बताउनु भयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना