• ६ चैत २०८०, मङ्गलबार

जङ्गली हात्तीबाट मृत्यु भएका परिवारलाई १० लाख सहयोग

blog

हात्तिमा चढेर रमाउदै पर्यटकहरु ।

कञ्चनपुर, भदौ २५ गते । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएकी शुक्लाफाँटा नगरपालिका –७ की १८ वर्षीय मीना जोशीका परिवारलाई रु १० लाखको चेक शुक्रबार हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय प्रकृति कोषमार्फत उपलब्ध गराइएको रु १० लाखको चेक मृतकका बुवा कालुराम जोशीलाई प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले हस्तान्तरण गर्नुभएको हो । 

गत भदौ १३ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीले घरमै रहेका बेला मीनालाई आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको थियो । यसअघि मृतकका परिवारलाई कोषले किरिया खर्चबापत रु ५० हजार रकम उपलब्ध गराएको थियो । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति भए आश्रित परिवारलाई क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउने प्रावधान छ ।